site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियामा ठूलो बस दुर्घटना, ३६ जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

एजेन्सी । चिनियाँ विदेश मन्त्रालयले खबर गरेअनुसार बेइजिङबाट उत्तर कोरिया भ्रमणमा गएका पर्यटकहरु बस दुर्घटनमा परेको छ । दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । जसमा ३२ जना चिनियाँ नागरिक र ४ जना उत्तर कोरियाका रहेका छन् । 

आइतबार राति प्योङयोङको दक्षिणतर्फ रहेको उत्तर ह्वान्गे क्षेत्रमा चिनियाँ पर्यटक सवार टुरिस्ट बस पुलबाट खस्दा सो दुर्घटना भएको रोयटर्सले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राति नै यसबारे जानकारी गरिएपछि उत्तर कोरियामा रहेको चिनियाँ दूतावासका अधिकारीहरुले घटनास्थलमा पुगी मन्त्रालयलाई खबर गरेका थिए । त्यसपछि उद्धार कार्यका लागि त्यसैसमयदेखि आपत्कालिन् सेवा सुरु गरिएको बताइएको छ ।

त्यसैले बसमा सवार चिनियाँ नागरिकहरुको पहिचान र दुर्घटनाको क्षतिबारे थप विवरण आउने क्रम जारी रहेको मन्त्रालायले बताएको छ । उत्तर कोरियाको राष्ट्रिय सञ्चारले भने अहिलेसम्म यसबारे कुनै खबर गरेको छैन ।

Global Ime bank

उत्तर कोरियासँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने हुनाले पनि हरेक वर्ष उत्तर कोरिया पुग्ने थोरै पर्यटकहरुमा अधिकांश चिनियाँ हुने गरेको पाइन्छ । शुक्रबार दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग हुन गइरहेकोे बैठकको तयारीका लागि गत हप्तादेखि नै केसङ र प्योङयोङबीचको उक्त हाइवेमा सडक निर्माण एवम् मर्मतका कार्य भइरहेको एनके न्युजले बताएको छ । यसका साथै कोरियाली प्रायद्विपमा हावाहुरी र भारी वर्षा पनि भइरहेको हुँदा मौसमका कारण पनि दुर्घटना भएको हुन सक्ने बताइएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC