site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विभिन्न कलाको जगेर्ना गर्दै ललितकला विभाग   
Sarbottam CementSarbottam Cement

काठमाडौं । सविना आचार्यले ललितकला क्याम्पस अन्तर्गत ललितकला विभागबाट संगीततर्फ स्नाक्तोतर सकेर अहिले थेसिसको तयारीमा छिन् ।  “कलालाई अझैपनि अरु विषयलाई झैं प्राथमिकता दिन सकिएको छैन,” सविना भन्छिन्, “अन्य विद्यालयमा पनि कला विषयलाई विशेष जोड दिएर सिकाउनु जरुरी छ ।” १० देखि २ बजेसम्म सञ्चालन हुने कलातर्फ संगीतको स्नातकोत्तरको कक्षामा विद्यार्थीको संख्या १७ जनामात्र छ । अरु सामान्य क्याम्पसमा झै ललितकला विभागमा विद्यार्थी धेरै छैनन् । 

ललितकला विभागमा चित्रकलातर्फ पनि विद्यार्थीहरुको संख्या न्यून नै छ । चित्रकलामा १७ जना विद्यार्थी छन् । बिहान १०ः३० बजेदेखि कक्षा सञ्चालन हुने भएपनि १०ः ३० मा ठ्याक्कै कक्षा सञ्चालन नहुने चित्रकलाका विद्यार्थी  सुचिन श्रेष्ठ गुनासो गर्छन् । उनी भन्छन्, “कहिले चित्रकला सिकाउने गुरु समयमा आउनुहुन्न भने कहिले विद्यार्थी समयमा आउँदैनन् ।”  
ललितकला क्याम्पसमा स्नातकोत्तर पढ्नेको संख्या यतिखेर चित्र, मूर्ति र संगीत गरेर पहिलो, दोश्रो र चौथो सेमेस्टरमा ४० देखि ४५ विद्यार्थीहरु पढिरहेका छन् । अरु विभागमा झैं यस विभागतर्फ विद्यार्थीहरु कमै देख्न पाईन्छ । 

ललितकला क्याम्पसकी विभाग प्रमुख ज्ञानुराधा गोर्खाली भन्छिन्, “अरु क्याम्पसमा झैं धेरै विद्यार्थी नदेखिए पनि विद्यार्थीको कला क्षेत्रमा विद्यार्थीको रुचि राम्रै देखिन्छ ।” ललितकलाबाट उत्तीर्ण  भएका अधिकांश विद्यार्थीहरु त्यही नै प्रशिक्षण दिइरहेका छन् । ललितकला क्याम्पसले कलाको जगेर्ना गर्न विद्यार्थीहरुलाई विभिन्न कलाहरुको प्रशिक्षण दिँदै आएको भएपनि कलालाई बुझ्ने मानिसको अझै पनि कमी रहेको गोर्खाली बताउँछिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“देशलाई बुझाउने माध्यम नै कला हो,” गोर्खाली भन्छिन्, “कलालाई बुझ्ने मान्छे नै खासै भेटिदैन । कला बुझ्ने मानिस भईदिएको भए अहिले नेपाल अधिराज्यभर  एउटा मात्रै ललितकला विभाग र क्याम्पस हुने थिएन ।”

ललितकला विभागको अवस्था अहिले कमजोर बन्दै गएको छ । विभागले विद्यार्थी भर्नाबाट आएको पैसाले नै भौतिक सामग्री र शिक्षकहरुलाई पारिश्रमिक प्रदान गर्दै आएको छ । स्थायी भएका शिक्षकहरुलाई मात्रै त्रिभुवन विश्वविद्यालयले पारिश्रमिक प्रदान गर्ने गरेको छ । त्यसबाहेक सबै खर्च विद्यार्थी भर्नाबाट आएको श्रोतले चल्ने गरेको छ  । विद्यार्थीहरुले भने एउटा सेमेस्टरको २१ हजार रुपैयाँ तिर्ने गरेका छन् । 

Global Ime bank

“नेपालभन्दा बाहिर कलाको विशेष संरक्षण गरिन्छ । तर नेपालको परिपे्रक्ष्यमा हेर्ने हो भने सरकारले यसको लागि कुनै सहयोग गरेको छैन,” उनले भनिन् ।

\"\"

 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC