site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दक्षिण एसियाली जुडोमा भारत टिम च्याम्पियन, नेपाल दोस्रो स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा भारत टिम च्याम्पियन बनेको छ । सोमबार सम्पन्न च्याम्पियनसिपमा टिम स्पर्धा २ स्वर्ण सहित कुल १२ स्वर्ण पदक जित्दै भारत टिम च्याम्पियन बनेको हो ।

टिम च्याम्पियन बनेको भारतले १२ स्वर्ण ३ कास्यसहित कुल १५ पदक जित्न सफल भयो । च्याम्पियनसिपको अन्तिम दिन भारतले टिम स्पर्धामा २ स्वर्ण जितेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतले पुरुषको टिम स्पर्धामा पाकिस्तानलाई ३ – २ ले हराउदै स्वर्ण जित्यो । यो स्पर्धामा नेपाललाई हराएर श्रीलंकाले कास्य प्राप्त गर्यो ।  महिला टिम स्पर्धामा नेपाललाई हराएर भारतले स्वर्ण आफ्नो बनायो । फाइनलमा नेपाल भारतसँग ४ – ० स्कोरले पराजित हुँदै रजतमा सिमित भएको थियो ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको च्याम्पियनसिपमा नेपाल दोस्रो स्थानमा रह्यो । नेपालले २ स्वर्णसहित कुल २२ पदक जित्न सफल भयो  । नेपालका पुरुषतर्फ इन्द्र बहादुर श्रेष्ठ र रविन श्रेष्ठले स्वर्ण जितेका थिए । यस्तै नेपालले ७  रजत र १३ कास्य प्राप्त गर्न सफल भयो । नेपालले अन्तिम दिन महिलाको टिम स्पर्धामा रजत पदक जितेको थियो ।

Global Ime bank

यस्तै तेस्रो स्थानको पाकिस्तानले २ स्वर्ण, ४ रजत र ३ कास्य जितेको छ । त्यस्तै श्रीलंकाले ३ रजत र ६ कास्य, बंगलादेशले २ रजत र २ कास्य जित्दा भुटानले १ कास्य जितेको छ ।

नेपाल जुडो संघद्वारा आयोजित  च्याम्पियनसिपमा १६ स्पर्धा समावेश गरिएको थियो । च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ६ राष्ट्रका १ सय २ खेलाडी सहभागीता जनाएका थिए ।

यो  च्याम्पियनसिपको अर्को संस्करण बंगलादेश हुने भएको छ । च्याम्पियनसिपको दौरान बसेको साउथ एसियन जुडो फेडेरेसनको बैठकले सन् २०२० को च्याम्पियनसिप बंगलादेशमा गर्ने निर्णय गरेको हो । यस्तै जुनियर तथा क्याडेट च्याम्पियनसिप सन् २०१९ मा श्रीलंकामा गर्ने निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC