site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीप सहभागी टिम दिल्ली पन्जाबसँग खेल्दै, घरेलु मैदानमा बदला लिने योजनामा दिल्ली 
Sarbottam CementSarbottam Cement

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा आज किंग्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ  ।

दिल्ली र पन्जाबबिचको खेल दिल्लीस्थित फिरोज साह कोट्ला स्टेडियममा हुने छ  । नेपाली समयअनुसार सवा ८ मा सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछन् । दिल्लीले जारी सिजन पहिलो होम खेल खेल्न लागेको हो ।

यो खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ । तर, घरेलु टोली दिल्लीलाई यो खेल बिशेष महत्वपूर्ण रहेको छ । खराब लयमा रहेको दिल्ली पन्जाबविरुद्ध जित निकाल्दै लय समात्न चाहन्छ  । पन्जाब भने दिल्लीलाई दोस्रो पटक हराउदै लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ  ।

Prabhu Bank
Agni Group
NIC Asia

दिल्ली पहिलो खेलमा पन्जाबसँग उसैको मैदानमा ६ विकेटले हारेको थियो । आज दिल्ली पन्जाबसँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने योजनामा हुने छ । तर, ब्याटिङ लाइन मजबुद रहेको पन्जाबविरुद्ध दिल्लीलाई सहज भने छैन ।

किनकी पछिल्लो समय पन्जाबले निकै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पन्जाबले पाँच खेलमा ४ जित निकालेर लिगको दोस्रो स्थान ओगटेको छ । पन्जाबका क्रिस गेल, लोकेश राहुल,मायांक अग्रवाल जस्ता खेलाडीको प्रदर्शन उच्च रहेको छ ।

Global Ime bank

यता, दिल्लीको प्रदर्शन भने ठिक उल्टो रहेको छ । दिल्लीले पाँच खेलमा एक खेल मात्र जितेको छ । २ अंक जोडेको दिल्ली पुछारमा रहेको छ । आज दिल्ली पन्जाबविरुद्ध जित निकाल्दै आफ्नो अंक तालिका सुधार गर्ने योजनामा हुने छन् ।

दुई टोलीबीचको पछिल्लो नतिजा हेर्दा दिल्ली भन्दा पन्जाब अघि रहेको छ । दिल्लीले पन्जाबसँग घरेलु मैदानमा खेलेको पाँच खेलमा २ खेल मात्र जितेको छ । दिल्ली घरेलु मैदानमा पन्जाबसँग ३ खेलमा पराजित भएको छ ।

यस्तै दिल्लीको टोलीमा रहेका लेग स्पिनर सन्दिपले मैदान उत्रने मौका पाएका छैनन् । अघिल्ला पाँच खेलमा टिममा पर्न असफल पन्जाबविरुद्ध पनि सन्दिप दिल्लीमा टिममा पर्ने संभवाना न्यून रहेको छ । किनकि चार मात्र विदेशी खेलाडी मैदान उतार्न मिल्ने खेलमा सन्दिप भन्दा अब्बल विदेशी खेलाडी दिल्लीको टिममा रहेको छ । दिल्लीका भेट्रान स्पिनर अमित मिश्रले समेत पहिलो खेलबाहेक अन्य खेलमा मैदान उत्रन पाएका छैनन् ।

दिल्लीको टिममा पर्न सन्दिपले ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन,  जासन रोय, ट्रेन्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट जस्ता नाम चलेका विदेशी खेलाडीलाई पछि पार्न सक्नु पर्छ । तर, विदेशी खेलाडीको प्रदर्शन एकनास नहुँदा र घरेलु मैदानको पिच स्पिनरलाई फाइदा पुग्ने हुँदा दिल्लीले सन्दिपलाई आज टिममा उतार्ने सम्भावना भने रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC