site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दिल्लीले टस जितेर बलिङ रोज्यो, सन्दीप टोलीमा परेनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दिप लामिछाने रहेको टिम दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाहुना टोली किंग्स इलाभेन पन्जाबबिरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

दिल्लीस्थित फिरोज साह कोट्ला स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । टस हारेको पन्जाबले केहि बेरमा ब्याटिङ थाल्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ । तर, घरेलु टोली दिल्लीलाई यो खेल बिशेष महत्वपूर्ण रहेको छ । खराब लयमा रहेको दिल्ली पन्जाबविरुद्ध जित निकाल्दै लय समात्न चाहन्छ  । पन्जाब भने दिल्लीलाई दोस्रो पटक हराउदै लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ  । लिगमा दिल्ली २ अंक जोडेर पुछारमा रहदा पन्जाब ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यता, पहिलोपटक आईपीएल टिममा परेका नेपाली लेग स्पिनर सन्दिप आजपनि दिल्लीको प्लेइङ सेटमा परेका छैनन् । अघिल्ला पाँच खेलमा टोलीमा नरहेका सन्दिपलाई दिल्लीले घरेलु मैदानमा हुने पन्जाबबिरुद्धको खेलमा समेत टोलीमा नराखेको हो । 

Global Ime bank

चार विदेशी खेलाडी मैदान उतार्न मिल्ने खेलमा दिल्लीले विदेशी खेलाडीमा लिआम प्लुंकेट, ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ड र ड्यानियल क्रिस्टेयनलाई टिममा राखेको छ । गत फेब्रुअरी २७ र २८ तारिखमा भएको आईपीएलको अक्सनबाट सन्दीपलाई दिल्लीले  २० लाख भारु बेस प्राइजमा आफ्नो टिममा अनुबन्धित गरेको थियो । सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी हुन् ।

यू – १९ टोलीका कप्तान समेत रहेका सन्दीप आईपीएल टिम दिल्लीमा आबद्ध भएसँगै सन्दीपको चर्चा चुलिएको थियो । यु–१९ विश्वकप क्रिकेटमा ह्याट्रिक विकेट समेत लिएका सन्दीप नेपालका प्रतिभाशाली खेलाडी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC