site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर कोरियामा चिनियाँ बस दुर्घटना, ३६ जनाको मृत्यु 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । चिनियाँ विदेश मन्त्रालयले खबर गरेअनुसार बेइजिङबाट उत्तर कोरिया भ्रमणमा गएका पर्यटकहरु बस दुर्घटनमा परेको छ । दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ ।
जसमा ३२ जना चिनियाँ नागरिक र ४ जना उत्तर कोरियाका रहेका छन् ।  आइतबार राति प्योङयोङको दक्षिणतर्फ रहेको उत्तर ह्वान्गे क्षेत्रमा चिनियाँ पर्यटक सवार टुरिस्ट बस पुलबाट खस्दा सो दुर्घटना भएको रोयटर्सले जनाएको छ ।

राति नै यसबारे जानकारी गरिएपछि उत्तर कोरियामा रहेको चिनियाँ दूतावासका अधिकारीहरुले घटनास्थलमा पुगी मन्त्रालयलाई खबर गरेका थिए । त्यसपछि उद्धार कार्यका लागि त्यसैसमयदेखि आपत्कालिन् सेवा सुरु गरिएको थियो ।

उत्तर कोरियासँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने हुनाले पनि हरेक वर्ष उत्तर कोरिया पुग्ने थोरै पर्यटकहरुमा अधिकांश चिनियाँ हुने गरेको पाइन्छ । शुक्रबार दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग हुन गइरहेकोे बैठकको तयारीका लागि गत हप्तादेखि नै केसङ र प्योङयोङबीचको उक्त हाइवेमा सडक निर्माण एवम् मर्मतका कार्य भइरहेको एनके न्युजले बताएको छ । यसका साथै कोरियाली प्रायद्विपमा हावाहुरी र भारी वर्षा पनि भइरहेको हुँदा मौसमका कारण पनि दुर्घटना भएको हुन सक्ने बताइएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  ०५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC