site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालको मिश्रित प्रदर्शन
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले सोमबार मिश्रित प्रदर्शन गरेको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको खेलमा नेपालको ब्वाइज तिम्ले जित हात गल्र्समा पराजित भएको छ । ब्वाइज प्रतिस्पर्धामा नेपालले भुटानलाई ३–० ले पराजित ग¥यो ।

Agni Group

सिंगल्समा नेपालका अकि जुवेन रावतले भुटानका टासी निमा क्षिरिङलाई ६–० र ६–० तथा नेपालका आरभसम्राट हाडाले भुटानका शेराब गेल्सेनलाई ६–० र ६–१ को सोझो सेटमा हराए । डबल्समा नेपालका प्रणव मानन्धर र आरभको जोडीले भुटानका जिग्मे पेमा नाम्गे र निमाको जोडीलाई ६–० र ६–० को सीधा सेटमा पन्छाए ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्समा भारतले नेपाललाई ३–० ले पन्छायो । सिंगल्समा भारतकी अन्जली राठीले नेपालकी अजा रेग्मी ६–२ र ६–२ तथा भारतकी श्रुति अहलवतले नेपालकी शुभाङ्गीलक्ष्मी शाहलाई ६–० र ६–१ ले निराश पारे ।

Global Ime bank

डबल्समा भारतका दुर्गान्सी र अन्जलीको जोडीले नेपालका आइशा डोल्कर गुरुङ र शुभाङ्गीलाई ६–२ र ६–१ ले पाखा लगाए । यस्तै अन्य खेलको ब्वाइजमा पाकिस्तानले श्रीलंकालाई ३–० तथा गल्र्समा श्रीलंकाले भुटानलाई ३–० ले पराजित गरेको छ ।

प्रतियोगिताको ब्वाइजमा नेपाल, भारत, श्रीलंका, भुटान र पाकिस्तान गरी ५ राष्ट्रका १५ खेलाडी सहभागी छन् । गल्र्समा ब्वाइजमै सहभागी मध्ये पाकिस्तान बोहक ४ राष्ट्रका १२ खेलाडीले भाग लिएका छन् ।

छनोटमा पहिलो र दोश्रो हुने टिमले नोभेम्बरमा कजाकिस्तानमा हुने आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिप सहभागिताको अवसर प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC