site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फिडिरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मिरपुरस्थित ढाका कवर्डहलमा सोमबार घरेलु टोली बंगलादेशले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेपछि नेपाल समुह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।  बंगलादेशले माल्दिभ्समाथि २५–१५, २५–१५ र २५–२२ को सहज जित निकालेको थियो । माल्दिभ्सलाई हराएसँगै बंगलादेश समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

च्याम्पियनसिपमा नेपाल समूह चरणको पहिलो खेलमा बंगलादेशसँग ३–१ को सोझो सेटमा पराजित भएको थियो । तर, माल्दिभ्सलाई ३–० कै सोझो सेटमा पराजित गर्दै नेपालले सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको थियो । यस्तोमा सोमबार बंगलादेशले माल्दिभ्सलाई पराजित गरेसँगै नेपालले सेमिफाइनल यात्रा तय गरेको हो ।

अब नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेता तुर्कमेनिस्तानको सामना गर्नेछ । नेपाल र तुर्कमेनिस्तानबिचको खेल बुधबार हुनेछ । 

Global Ime bank

सेन्ट्रल जोनमा नेपालको यो लगातार चौथो सहभागिता हो । नेपालले दुई बर्षअघि माल्दिभ्समा सम्पन्न तेस्रो संस्करणको च्याम्पियनसिपमा कास्य पदक जित्दै ऐतिहासिक सफलता पाएको थियो । पछिल्लो चार दशकबाट निरन्तर अन्तर्रा्िष्ट्रय भलिबलमा सहभागिता जनाउँदै आएको नेपाली पुरुष भलिबल टोलीले जितेको त्यो नै पहिलो पदक थियो ।

चौथो संस्करणको  प्रतियोगितामा ६ टोलीको सहभागिता छ । समूह ‘बी’ मा किर्गिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तान छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC