site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
वैशाख २८ गते नेपाल आउने मोदीको एकतर्फी प्रस्ताव स्वीकार, प्रधानमन्त्री ओलीको चीन भ्रमण धकेलिने 
Sarbottam CementSarbottam Cement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि वैशाख २८ गते काठमाडौं आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले प्रस्ताव गरेकै तिथिलाई सोमबार बिहान अनुमोदन गरेपछि मोदीको भ्रमणको मिति टुंगो लागेको हो । तर, दुवै देशका तर्फबाट औपचारिकरुपमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीका रुपमा मोदीको यो तेस्रो नेपाल भ्रमण हो । नेपालले समान हैसियतका विषय उठाउँदै आए पनि भ्रमण मितिबारे भारतको एकतर्फी प्रस्तावलाई भने अस्वीकार गर्न सकेन ।

यो समाचार आजको कान्तिपुर दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् । “कर्नाटक निर्वाचनको मौन अवधिमा मोदीले नेपाल भ्रमण गर्ने तिथि मिलाएका हुन्, त्यसलाई नेपालले स्वीकार गरेको छ,” प्रधानमन्त्री निकट स्रोतलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, “प्रधानमन्त्री ओलीको बेइजिङ यात्रा अब पछाडि धकेलिनेछ । तर पनि बेइजिङ जाने तिथि तय भइसकेको छैन ।” समाचारमा भनिएको छ – पहिलो विदेश भ्रमण भारतबाट गर्ने परम्परालाई निरन्तरता दिएका ओली उत्तरी छिमेक चीनको भ्रमण गरेपछि भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौंमा स्वागत गर्ने मनःस्थितिमा थिए ।

कान्तिपुर दैनिकमै नयाँ दिल्लीबाट सुरेशराज न्यौपानेले लेखेको समाचारमा भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण ‘पूजापाठ’  भन्दा पनि यसअघिको जस्तै राजनीतिक ‘लाभहानि’ उद्देश्यले प्रेरित रहेको देखिएको उल्लेख छ ।
तर नयाँ पत्रिकाले तेस्रो पृष्ठमा लेखेको समाचारमा मोदीको चीन भ्रमणपछि मात्रै नेपाल भ्रमणको टुंगो लाग्ने उल्लेख गरिएको छ । समाचारअनुसार वैशाख २७ गतेदेखि २९ वैशाखसम्म नेपाल भ्रमण गर्ने कार्यतालिकामा सामान्य छलफल भए पनि अझै निश्चित भइसकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

नागरिक दैनिकले मिति नतोकिँदै तयारी शीर्षकमा पहिलो पृष्ठमा समाचार  लेखेको छ । प्रधानमन्त्री कार्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी थाल्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको नागरिक दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

हिमालय टाइम्सले पनि मोदी २८ गते नेपाल भ्रमणमा आउने विषयमा पहिलो पृष्ठमै समाचार लेखेको छ । 

Global Ime bank

लोकतन्त्रको दशक – नेता मोटाए, जनता उस्तै 

आज लोकतन्त्र दिवस  । आजका सबैजसो पत्रपत्रिकाले यस विषयमा समाचार,टिप्पणी, विचार प्रकाशित गरेका छन् । आजको नागरिक दैनिकमा लोकतन्त्रको दशक शीर्षकमा गुणराज लुइँटेलले लेखेको टिप्पणीलाई पहिलो पृष्ठमा प्रकाशित गरिएको छ । 
टिप्पणीमा भनिएको छ– ’’मुलुकको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका द्वन्द्वग्रस्त मुलुकका निम्ति एउटा उदाहरण बन्न पुगेको छ । यति हुँदाहुँदै पनि सशस्त्र द्वन्द्वपीडितको समस्या भने समाधान भइसकेको छैन । राजनीतिक समस्या समाधान गरिसकेका हुनाले आगामी दिनमा सशस्त्र द्वन्द्वपीडितका पीडामा प्रमुख राजनीतिक दल र सरकारले मलम लगाउने आशा भने अझै मरिसकेको छैन ।”

अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले यससम्बन्धी समाचार लेखेका छन् । विसं २०६३ वैशाख ९ गते माइतीघर मण्डलामा कफ्र्यु तोडेर निस्किएको जुलुसको तस्बिरसहित अन्नपूर्ण पोस्टले समाचार प्रकाशित गरेको छ । विकास कार्कीले त्यसबेला खिचेको तस्बिरसहितको समाचारमा भनिएको छ –जनआन्दोलनले निरंकुश राजतन्त्र अन्त्य गरे पनि नेतामा रहेको सामन्तवादी चिन्तन अझै नगएको कतिपय नेताको बुझाइ छ ।

कान्तिपुर दैनिकले जनआन्दोलनमा सक्रिय देवेन्द्रराज पाण्डे, विष्णु निष्ठुरी, श्याम श्रेष्ठ, कृष्ण खनाल, कृष्ण पहाडी, शम्भु थापा, डा. ओम गुरुङ, विजय गुप्ता लगायतसँग कुुराकानी गरेर समाचार तयार पारेको छ ।

अन्य समाचार 
 

आजको कान्तिपुर दैनिकमा प्रेस्किप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्ने उल्लेख गर्दै समाचार लेखेको छ ।

पूर्वडीआईजीलाई विराटनगर लगियो 
 

त्रिभुवन विमानस्थलमार्फत भएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी गोविन्द निरौलालाई काठमाडौंबाट सोमबार विराटनगर लगिएको समाचार अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।
राजधानी दैनिकले पनि यो समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।

राजधानी दैनिकले वीर अस्पतालको जग्गामा चलखेल भएको समाचार प्रकाशित गरेको छ । भक्तपुरमा रहेको वीर अस्पतालको जग्गा नेपाल इन्जिनियरिङ कलेज (नेक)को नाममा गराउन चलखेल भएको समाचारमा उल्लेख छ ।

संवैधानिक नियुक्तिमा संविधान उल्लंघन 
 

सरकारले केही संवैधानिक निकायका प्रमुख नियुक्तिमा ढिलाइ गरेर संविधान उल्लंघन गरेको छ । यो समाचार आजको हिमालय टाइम्सले लेखेको छ ।

विमानस्थलमा ट्राफिक जाम 
 

आजको नयाँ पत्रिका दैनिकले त्रिभुवन विमानस्थलको २८ वर्ष अघिको संरचना हुँदा अहिले चाप बढेको उल्लेख गर्दै विमानस्थलमा अवतरण गर्ने पालो नपाएर जहाज आकाशमै घुम्ने र यात्रु आत्तिने गरेको विषयमा प्याकेज समाचार तयार पारेको छ ।
नयाँ पत्रिका दैनिकले नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठक सम्बन्धी विषय पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।


नागरिकलाई शुभकामना 

आजदेखि नेपाल रिपब्लिक मिडिया नवौं वर्ष पूरा गरी दसौं वर्षमा प्रवेश गरेको छ । दसौं वार्षिकोत्सवका अवसरमा नागरिकका प्रवन्ध निर्देशक विनोदराज ज्ञवालीले प्रकाशकीयमार्फत आफ्नो प्रण सार्वजनिक गरेका छन् । बाह्रखरी मिडियाको तर्फबाट दसौं वर्षमा प्रवेश गरेको नागरिक दैनिकलाई शुभकामना ।

विचार र दृष्टिकोण 

धनी र गरिबको खाडल शीर्षकमा डा. सुभास पोखरेलले नागरिक दैनिकमा आफ्नो विचार व्यक्त गरेका छन् । नीति गलत भएकाले ८० को दशकमा वर्ल्ड बैंकको मार्गदर्शन पछ्याउँदै आर्थिक उदारीकरणमा स्व्च्छन्दरुपले हेलिने राष्ट्रहरुको अर्थतन्त्र दुर्घटनामा मात्र परेन, बरु संसारमा धनी र गरिबको खाडल बढ्दै गएको उल्लेख छ ।

लोकरिझ्याईँमा कांग्रेस शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा उज्ज्वल प्रसाईको विचार प्रकाशित छ । वैचारिक र सैद्धान्तिक रुपमा उतै दक्षिणपन्थी भएपछि नेतृत्वबाट देउवा गएर सिटौला वा थापा आउनुले तात्विक फरक नपार्ने उल्लेख गरेका छन् । 

आजको कान्तिपुर दैनिकमा लोकतन्त्र दिवसको अवसरमा कृष्ण पहाडी, डा. ओम गुरुङ, कृष्ण खनाल, शम्भु थापा, विजय गुप्तका दृष्टिकोण प्रकाशित छन् ।
पहाडीले अतिवाद हारेको दिन शीर्षकमा लेखेका छन्– माओवादी र सात दल दुवैका एजेन्डा अर्थात् साम्यवादी जनवाद र संवैधानिक राजावादलाई खारेज गर्दैै नागरिक आन्दोलनले लोकतान्त्रिक गणतन्त्रको धारलाई तीव्र बनायो ।’

सम्पादकीय 
 

जनताले जितेको दिन शीर्षकमा हिमालय टाइम्सले सम्पादकीय लेख्दै जनआन्दोलनको स्मरणले राज्य सञ्चालक नेताहरुलाई जनउत्तरदायी बनाउन प्रेरित गर्ने उल्लेख छ ।

नयाँ पत्रिका दैनिकले भूकम्पले हजारौं विद्यालय पुनर्निर्माण सुस्त भएको उल्लेख गर्दै अहिलेसम्म आधा पनि विद्यालय पुनर्निर्माण नभएको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । सम्पादकीयमार्फत नयाँ पत्रिकाले यसमा सबै सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

राजधानी दैनिकले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घरमा बम विस्फोट गराउने समूहलाई कारबाही गर्न सम्पादकीयमार्फत माग गरेको छ । अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा नल्याएसम्म हिंसाको घटना जारी रहने सम्पादकीयमा उल्लेख छ ।

नागरिक दैनिकले समृद्धिको समाचार शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा बितेको दशकमा हासिल भएको राजनीतिक सामाजिक परिवर्तनलाई आर्थिक रुपान्तरणका निम्ति प्रयोग गर्न राजनीतिक नेतृत्व तत्पर हुनुपर्ने उल्लेख छ ।
लोकतन्त्रको खोजी शीर्षकमा अन्नपूर्ण पोस्टमा सम्पादकीय लेखिएको छ ।  कान्तिपुर दैनिकले पनि सम्पादकीयमार्फत लोकतन्त्र दिवसको शुभकामना व्यक्त गरेको छ ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC