site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिय महिला भलिबललाई ग्लोबल आईएमइको साथ
Ghorahi CementGhorahi Cement

काठमाडौं । बैशाख तेस्रो साताबाट काठमाडौंमा हुने चौथो संस्करणको केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आईएमई बैंकले सहप्रायोजन गरेको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको लागि बैंकले २ लाख बराबरको सहप्रायोजन गरेको हो । प्रतियोगिताको लागि मंगलवार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र प्रतिष्ठानकी संरक्षक गमली खड्काबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सह प्रायोजन सम्झौतासँगै प्रतियोगितालाई बैंकले २ लाख रुपैयाँ दिने छ ।

Agni Group

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिता बैशाख २१ देखि २५ सम्म संचालन हुने छ । पेन्टस कम्पनी केएनपी जापानको मुख्य प्रायोजन तथा  शिवम् सिमेन्ट लिमिटेडको सह–प्रायोजनमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा साबिक बिजेता एपीएफ, उपविजेता शिवम् न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस,आर्मी, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सहभागिता जनाउने छन्  ।

Global Ime bank

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई “केएनपी सर्वोकृष्ट खेलाडी” को उपाधि सहित १० हजार रुपैयाले पुरस्कृत गरिने छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने समान ५ – ५ हजार पुरस्कार पाउनेछन् । त्यस्तै आयोजकको रोजाईमा एक खेलाडीलाई केएनपी शेरबहादुर खड्का स्मृति स्पेशल अवार्डसहित नगद १० हजारले सम्मानित गरिने आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC