site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टेलिकमको सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले विभिन्न अस्पताललाई कम्बल ताथ केही सामुदायिक विद्यालयमा आइसीटी सेन्टर स्थापना गरेको छ । कम्पनीले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेअनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग उपलब्ध गराएको हो ।

कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक÷एक स्थानका अस्पतालमा कम्बल वितरण गरेको हो । जसअनुरुप कोशी अञ्चल अस्पताल, विराटनगर, नारायणी अञ्चल अस्पताल, वीरगञ्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरलाई २५÷२५ थान कम्बल पाएका हुन् । कम्पनीले उदयपुरको उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडित स्थानीय वासिन्दालाई पनि २५ थान कम्बल वितरण गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले एक कार्यक्रमकाबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठलाई कम्बल हस्तान्तरण गरिन् । 

सो अवसरमा राजभण्डारीले कम्पनीले आगामी दिनमा सहयोगको दायरा अझ फराकिलो पार्न सकिने बताइन् । 

Global Ime bank

त्यसैगरी भूकम्पबाट अति प्रभावित जिल्लालगायत अन्य ६ वटा जिल्लाका एक÷एक वटा सामुदायिक विद्यालयमा आइसीटी सेन्टर स्थापना गरिदिने कम्पनीको कार्यक्रम अनुसार भूकम्प प्रभावित ११ वटा जिल्लामा कार्य सम्पन्न भइसकेको छ । त्यसैगरी लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक एक सामुदायिक विद्यालयमा निकट भविष्यमा नै आइसीटी सेन्टर स्थापनाका लागि तयारी अन्तिम चरण पुगेको कम्पनीले जनाएको छ ।

टेलिकम प्रबन्ध निर्देशक राजभण्डारीले भक्तपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालय आईसीटी सेन्टरको शुभारम्भ गरिन् । उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर, ५ थान वेब क्याम, ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ । सो प्रयोजनका लागि १ लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा  निःशुल्क उपलब्ध गराएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC