site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
मेस्सीको एक मिनेटकै कमाइ २५ हजार युरो, रोनाल्डोलाई पनि पछि पारे
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् । चिरपरिचित प्रतिद्वन्दी रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबलर भएका हुन् ।

सन् २०१७–०१८ को सिजन अर्जेन्टिनाका मेस्सीले १२६ मिलियन युरो कमाइ गर्दै शीर्ष स्थानमा रहेको फ्रान्सको फुटबल म्यागजिनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । मासिक पारिश्रमिक, बोनस, विज्ञापन र प्रायोजन रकमको आधारमा गरिएको विश्लेषणअनुसार मेस्सीले प्रतिमिनेट २५ हजार युरो कमाइ गर्ने गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गत सिजनको सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका रोनाल्डोले यो सिजन ९४ मिलियन युरो कमाइ गरेको एएफपीले जनाएको छ । पोर्चुगिज रोनाल्डोले गत सिजन ८७.५ मिलियन युरो र मेस्सीले ७६.५ मिलियन युरो कमाइ गरेका थिए ।

यो सिजन सर्वाधिक कमाइ गर्ने फुटबलरको सूचीको तेस्रो स्थानमा ब्राजिलियन तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार रहेका छन् । नेयमारले ८१.५ मिलियन कमाइ गरेका छन् । त्यस्तै वेल्स तथा रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल ४४ मिलियन युरोसहित चौथो र बार्सिलोनाका स्पेनिस खेलाडी जेर्राड पीके २९ मिलियन युरोसहित पाँचौं स्थानमा रहेका छन् ।

Global Ime bank

फ्रान्स फुटबल म्यागजिनले निकालेको सर्वाधिक कमाइ गर्ने फुटबल प्रशिक्षक म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोजे मोरिन्हो बनेका छन् । गत सिजन पनि शीर्ष स्थानमा रहेका मोरिन्होले २६ मिलियन युरो कमाइ गरेका छन् । यस्तै चीनको राष्ट्रिय टोलीका प्रशिक्षण मार्सेलो लिप्पी २३ मिलियन युरोसहित दोस्रो र एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोन २२ मिलियन युरोसहित सर्वाधिक कमाइ गर्ने प्रशिक्षकको सूचीको तेस्रो स्थानमा रहेका छन् ।
२१ मिलियन युरो रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदान चौथो स्थानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC