site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सिरियालाई रुसले निःशुल्क मिसाइल प्रदान गर्ने ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । मस्कोले सिरियाली सेनालाई नयाँ एस–३०० प्रतिरक्षात्मक मिसाइल प्रणाली बिनाशुल्क प्रदान गर्ने तयारी गरिरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् । रुसी प्रशासनका अधिकारीहरुले सिरियाली क्षेत्रमा विशेषगरी इजरायलसँगको खतराका कारण बसर अल अस्सदको सेनालाई प्रतिरक्षात्मक हवाइ मिसाइल पठाउने योजना बनाइरहेको बताइएको हो ।

यसअघि २०१३ मा पनि राष्ट्रपति पुटिन सिरियामा मिसाइल पठाउन तयार भइसकेका थिए तर इजरायलको दबाबका कारण उनले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । अहिले भने सिरियामा अमेरिका र बेलायतको हमला र साथै इजरायलको लगातार धम्कीपछि क्रेम्लिनले फेरि सिरियाली सेनाको मद्दतका लागि मिसाइल पठाउने तयारी गरिरहेको खबर बाहिर आएको हो । रुसका सैन्य अधिकारीहरुले बताए अनुसार क्रेम्लिनले बिना शुल्क सिरियाली राष्ट्रपति बसर अल अस्सदलाई हवाइ प्रतिरक्षात्मक मिसाइलहरु दिनेछन् जसपछि सिरियामा हमला गरे इजरायलले निकै भयानक परिणाम भोग्नुपर्ने हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रुसले सिरियालाई प्रदान गर्ने भनेको एस–३०० को पीएमयु–२ भर्जन को प्रतिरक्षात्मक प्रणालीले लामो दुरी र धेरै उचाइका हवाइ मिसाइलबाट समेत सुरक्षा दिन सक्ने बताइएको छ । सिरियाली क्षेत्रमा यसअघि इजरायलको वायुसेना हावी रहँदै आएकाले रुसको सो कदमपछि मध्य पूर्वमा सेनाशक्तिको सन्तुलन बदल्निे अनुमान गरिएको छ ।

हालै मात्र रुसका विदेश मन्त्री सेर्गी लेम्भरोभले यसबारे क्रेम्लिनले अन्तिम निर्णय नलिइसकेपनि पश्चिमी मुलुकहरुको आक्रामक प्रतिक्रियाको जवाफ दिनैपर्ने भएमा रुसले सिरियालाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका हुन् । चीन भ्रमणका क्रममा रहेका लेभ्रोभले यस्तो कदम उठाएमा रुसले खुलेआम घोषणा गर्ने बताएका छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC