site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काष्ठमण्डपको शीघ्र पुनर्निर्माणको कामना गर्दै १०८ दीप प्रज्ज्वलन
Sarbottam CementSarbottam Cement

काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानको आयोजनामा मंगलवार साँझ भूकम्पमा मारिएकाहरूको आत्माको शान्ति तथा काष्ठमण्डपको शीघ्र पुनर्निर्माणको कामना गरी १०८ दीप प्रज्ज्वलन गरिएको छ । 

दीप प्रज्ज्वलनभन्दा पहिले आयोजित पत्रकार भेटघाटमा अभियानका तर्फबाट वितरण गरिएको प्रेस विज्ञप्तिमा काठमण्डपको पुनर्निर्माण कार्य सुरु हुन नसकेकोमा निराशा र चिन्ता प्रकट गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष अभियानले काष्ठमण्डपको पुनर्निर्माण कार्यको पुनर्निर्माणमा अगुवाइ गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र काठमण्डप पुनर्निर्माण प्राधिकरणबीच सहमति  भएको स्मरण गर्दै विज्ञप्तिमा लेखिएको छ – ’पुनर्निर्माण अनुष्ठान सुरु गर्न लागेकै बेला हामीलाई काम गर्न दिइएन । काष्ठमण्डपको पुनर्निर्माण कार्य सुरु भएको वा अमूल्य अवशेषहरू तथा काष्ठ सामग्रीको संरक्षणसम्म पनि भएको भए  हामीलाई पुनर्निर्माण अनुष्ठानमा संलग्न हुन नदिए पनि हामी यति निराश र चिन्तित हुने थिएनौ । काष्ठमण्डपप्रति सरकारका विभिन्न अंगको उदासीनताले हामीलाई निराश र चिन्तित बनाएको हो ।’ 

विज्ञप्तिमा लेखिएको छ – ‘हाम्रा लागि काष्ठमण्डपको पुनर्निर्माण सामान्य भौतिक संरचना निर्माणमात्र हैन । हामीले यसलाई नेपाल सभ्यताको ‘पुनर्जागरण अनुष्ठान‘ ठानेका छौँ ।‘ 
अभियानले काष्ठमण्डपको नक्सा तयार गर्ने कार्यमा पनि ‘फड्को मारेको’ दाबी पनि विज्ञप्तिमा गरिएको छ । ‘ सम्भवतः अहिलेसम्मका सबैभन्दा धेरै डिजाइन र नक्साको अधययन गर्नुका साथै व्यापक छलफल र विज्ञहरूको राय लिएर काष्ठमण्डपको नक्सालाई पूर्णता दिने प्रयास ग¥यौँ । यसक्रममा इन्जिनियरिङका साथै पुरातत्व, वास्तुकला, तन्त्र विद्या र स्थानीय सरोकारवाला समुदायका अगुवाहरूको पनि राय लिएका छौँ ।‘ 
यही क्रममा ९ वैशाखका दिन हामीले तयार गरेको डिजाइनको पहिलो ड्राफ्टमा सुझाव र सल्लाहका लागि केही प्रतिष्ठित विज्ञ तथा संस्कृतिविद्हरूसँग छलफल गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Global Ime bank

अभियानका कार्यवाहक अध्यक्ष वैकुण्ठ मानन्धरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ – ‘काष्ठमण्डपको पुनर्निर्माण विश्व सम्पदाको पुनर्निर्माण मापदण्डअनुरूप नेपालीकै श्रम, सीप र सम्पत्तिबाट होस् भन्ने हाम्रो मूल चाहना हो । यसैले नेपाली जनताको सहयोगमा समुदायको अगुवाइ र स्वामित्वमा काष्ठमण्डप (मरु सतः)को पुनर्निर्माण गर्न काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानले जिम्मा लिन खोजेको हो । विश्व सम्पदा पुनर्निर्माणको मापदण्डअनुसार अरू कुनै निकायले पुनर्निर्माणको अगुवाइ गरेमा पनि हामी सहयोगका लागि तत्पर छौँ ।‘ 

विज्ञप्तिको अन्त्यमा काष्ठमण्डपको पुनर्निर्माण शीघ्र होस् भन्ने माग गर्दै उल्लेख गरिएको छ – ‘नेपाली श्रम, सीप र सम्पत्तिबाट बनेको यो दिव्य सम्पदाको पुनर्निर्माण गरेर संसार सामु हाम्रो सभ्यताको जीवन्तता पुनः पुष्टि गर्ने अवसर पनि हो यो । हामी संसारकै सामु सम्पदा पुनर्निर्माणको उदाहरण प्रस्तुत होस् नेपालबाट भन्ने चाहन्छौँ । भूकम्पपछिका तीन वर्ष हामीले काष्ठमण्डपको पुनर्निर्माण गर्न नसकेर खेर फालिसक्यौँ । अब काष्ठमण्डपको पुनर्निर्माण नरोकियोस् ।‘

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC