site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नाबालिग बलात्कारको मामिलामा आशाराम दोषी सावित
Ghorahi CementGhorahi Cement

काठमाडौं । नाबालिगसँग बलात्कार गरेको आरोपमा जोधपुरको अदालतले धर्मगुरु आशाराम बापुलाई दोषी सावित गरेको छ । आशारामको अलावा शिवा, शरतचन्द्र, शिल्पी र प्रकाश यस मामिलाको अभियुक्तको रुपमा देखा परेका छन् । अहिले आशारामको सजायमाथि बहस चलिरहेको छ । 

शरद छिन्दवाडा आश्रमका निर्देशक थिए, जहाँ नाबालिग केटी पपढ्थे । शिल्पी छिन्दवाडा आश्रमको वार्डेन थिइन् । प्रकाश आशाराम आश्रमको भान्छाकोठामा काम गर्ने कुक थिए भने शिवा आशारामको निजी सचिव थिए । 

Agni Group

७७ वर्षीय आशाराममाथि आश्रममा १६ वर्षकी केटीमाथि बलात्कारको आरोप लागेको हो । केटीका मातापिता आशारामका भक्त थिए । केटीका मातापितालाई केटीमाथि भूतप्रेतको छायाँ रहेको उसको उपचार बाबाले नै गर्नुपर्ने बताइएको थियो । प्रहरीका अनुसार केटी जोधपुरको आश्रममा पुगेपछि आशारामले बलात्कार गरेका थिए । आशाराम एक अन्य महिलाको बलात्कारको मामिलामा पनि अभियुक्त हुन्, जसको मुद्दा छुट्टै चलिरहेको छ । 

१५ अगस्ट २०१३ मा आशारामको दुव्र्यवहारपछि केटी यसको गुनासो लिएर २० अगस्टमा दिल्लीको एउटा पुलिस स्टेशनमा पुगेकी थिइन् । त्यसपछि यस मामिलालाई जोधपुर स्थानान्तरण गरियो र एफआईआर दर्ता गरियो । त्यसपछि आसारामलाई इन्दौरमा गिरफ्तार गरियो । गिरफ्तारपछि आसारामको समर्थकले तीव्र रुपमा प्रदर्शन र तोडफोड गरे । 
गिरफ्तारीपछि आशारामको पुरुषत्वको जाँच भयो, जसमा उनी सफल भए र फेरि २ सेप्टेम्बर २०१३ मा उनलाई न्यायिक हिरासतमा पठाइयो । त्यसपछि उनी जेलमा छन् । 

Global Ime bank

२०१४ मा यस मामिलाको अदालतमा सुनुवाइ सुरु भएपछि कैयौं साक्षीहरुमाथि आशारामका समर्थकले हमला गरेका थिए । आसारामको निजी सहायक अमृत प्रजापतिलाई २०१४ मा गोली हानेर हत्या गरिएको थियो । उनको आश्रममा भान्सामा काम गर्ने अखिल गुप्तालाई २०१५ मा मुजफ्फरनगरमा हत्या गरिएको थियो । 

बलात्कार काण्डको साक्षी मानिएका राहुल सचानलाई जोधपुर कोर्ट परिसरमा चक्कु हानियो, पछि उनी बेपत्ता भए । यस मामिलाका एक अन्य साक्षी महेन्द्र चावलालाई पनि गोली हानी मारियो । अहिलेसम्म  नौ साक्षीहरुमाथि हमला भयो, जसमा एका पत्रकार पनि थिए । तीन जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए । 

आसाराम धार्मिक उपदेश दिने गुरु हुन् । उनले १९ देशहरुमा करीब ४०० आश्रम बनाएका छन् । उनका भक्तहरुको संख्या लगभग चार करोड छ । 

आशारामको जन्म वर्तमान पाकिस्तानको सिंध प्रान्तमा १९४१ मा भएको थियो । विभाजनपछि उनी भारतको गुजरातमा आएर रहन थाले । ४५ सालपहिले नै गुजरातमा नै उनले आफ्नो पहिलो आश्रम बनाएका थिए । त्यसपछि उनको लोकप्रियता बढ्दै गयो र ठूला ठूला मानिसहरु पनि उनको भक्त बन्न थाले । भारतका कैयौं नाम चलेका राजनेता समेत देशको अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उनको प्रशंसक भएका थिए र उनको धार्मिक सभामा सामेल हुन्थे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC