site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘जनताले समाजवादको होम डेलिभरी खोजेका छन्’ 
Ghorahi CementGhorahi Cement

काठमाडौँ । कार्ल माक्र्स द्विशतवार्षिकीको अवसर पारेर नेताहरूले माक्सर्वादी ‘डिस्कोर्स’ सुरु गरेका छन् । बुधबार राजधानीमा शतवार्षिकी समारोहबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा माक्र्सवादी अगुवाले समाजवादी वेद, कुरान आदि ग्रन्थजस्तो ‘रूढ’ नभएको जिकिर गर्दै यसको गत्यात्मक लयलाई समात्नुपर्नेमा जोड दिए । 

समारोहका संयोजक घनश्याम भुसालले समृद्धिका ठूल्ठूला गफ भइरहेको बताउँदै आजको समृद्धिमा मानिसको चित्र खोज्नुपर्ने बताए । “कतै समृद्धिका गफ गरिरहँदा आजको मानिसहरू कंक्रिट, रोडा बालुवा मिसिएर धूमिल त बन्दै छैनन् ?” उनले प्रश्न गरे । समृद्धिको गफ गरिरहँदा विकाससँगै मानवको पाटो ओझेल पर्न नहुनेमा उनको जोड थियो । 
यस्तै कार्यक्रममा राम कार्कीले माक्र्सवाद फगत राजनीतिक सिद्धान्त नभई प्रजातन्त्रलाई बलियो बनाउने चेत भएको जिकिर गरे । उनले नेपालको सन्दर्भमा माक्र्सवाद गतिशील विचारधारा बन्न नसकेकोप्रति चिन्ता प्रकट गर्दै माक्र्सवाद प्रयोगका सन्दर्भमा आलोचनात्मक दृष्टिकोण राख्न सुझावसमेत दिए ।

Agni Group

“माक्र्सवाद प्रयोगका नाममा हामी पनि परम्परावादी त बन्दैछैनौँ । माक्र्सवाद विज्ञान हो भनिरहँदा माक्र्सवादसँग आजको पुस्तालाई जोड्न सकिराखेका छौँ त ? प्रश्न यो हो,” उनले भने । उनले माक्र्सवाद प्रयोगका नाममा उन्नत चेतलाई निरुत्साहित त गरेका छैनौँ भन्दै आत्मसमीक्षा गर्नुपर्ने विचार व्यक्त गरे । उनले माक्र्सवादी शक्तिशाली हुँदा माक्र्सवाद दुर्घटनामा परेको बताउँदै इन्डोनेसियाको उदाहरण दिए । “१९६०को दशकमा पीकेआई त्यहाँको शक्तिशाली पार्टी थियो । दश करोड जनसंख्या हुँदा ३० लाख जनसंख्या कम्युनिस्ट पार्टीका क्याडर थिए । तर, अहिले त्यहाँ कम्युनिस्ट पार्टीको झन्डाअंकित टि–सर्ट बेचेवापत जेल जानुपर्छ ।”

उनले जनताले समाजवादको होम डेलिभरी खोजी रहेको बताउँदै जनतालाई परिवर्तनको साक्षीमात्र बनाएको र ‘अंशियार’, ‘हिस्सेदार’ बनाउन नसकेको दृष्टान्त पस्किए । “अहिलेका जनता र कम्युनिस्ट पार्टीका कार्यकर्ता जिल्लाबाट समाजवाद लिन सिंहदरबारमा डेलिगेसन आउन थालेका छन्,” उनको कटाक्ष थियो ।

Global Ime bank

त्यस्तै समारोहका सचिवालय सदस्य एवम् राष्ट्रिय जनमोर्चाका नेता समीर सिंहले माक्र्सवाद राजनीतिक विचारधारामात्र नभई विश्व दृष्टिकोण भएको बताए । समयानुकूल यसको विकास र प्रयोगका लागि माक्र्सवादबारे छलफल चलाउनुपर्ने उनको धारणा थियो । सोही अवसरमा आगामी वैशाख २१ र २२ गते ‘आजको माक्सवाद ः लोकतन्त्र–समृद्धि–समाजवाद’ विषयमा राष्ट्रिय गोष्ठि आयोजना गर्न लागिएको जानकारी दिइयो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC