site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धनी हुँदै नेपाली ! प्रतिव्यक्ति आय हजार डलर नाघ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको प्रतिव्यक्ति आय बढेर १ हजार ४ डलर प्रतिवर्ष पुग्ने भएको छ । अघिल्लो वर्ष प्रतिव्यक्ति आय ८६२ अमेरिकी डलर रहेकोमा बढेर पहिलोपटक चार अंकको पुग्ने प्रक्ष्येपण केन्द्रीय तथ्यांक विभागले गरेको हो । 

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादन ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । विभागका अनुसार चालू आवको कूल गार्हस्थ्य उत्पादन अघिल्लो वर्षको तुलनामा ४ खर्ब ५ अर्ब बढी हो । यसर्थ चालू आवमा आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने विभागको अनुमान छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार कृषितर्फको वृद्धिदर २ दशमलव ८२ प्रतिशत रहने अनुमान छ भने गैरकृषितर्फको वृद्धिदर भने ७ दशमलव १ प्रतिशतले बढ्ने आँकलन गरिएको छ । त्यसैगरी सेवातर्फ ६.६२ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान छ । 

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको देशको आर्थिक परिदृष्यमा कृषि उत्पादनमा कमी भएको र लोडसेडिङ हटेको समाचार आएपनि लगानी बढ्न नसकेको उल्लेख छ । यही आधारमा आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरिएको हो ।

Global Ime bank

यसअवधिमा धान र दलहन बालीको उत्पादन कम हुँदा आर्थिक वृद्धिमा असर परेको विभागको दावी छ । विभागले प्रक्षेपण गरेको वृद्धिदर अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामार्फत गरेको प्रक्षेपणभन्दा पनि कम हो । बजेट ल्याउने बेलामा सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरे पनि सोलाई घटाएर ६ प्रतिशत कायम गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC