site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । डा. गोविन्द केसीसहितका अभियन्ताले सरकारले वैशाख २ गते सूचना जारी गरेका काठमाडौंका विभिन्न स्थानमा गरेको निषेधाज्ञा फिर्ता नलिए अवज्ञा गरी नागरिक स्वतन्त्रताको अभ्यास गर्ने चेतावनी दिएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष बुझाइएको ज्ञापनपत्रमा सरकारका तर्फबाट वैशाख २ गतेको सूचनामार्फत गरिएको निषेधित क्षेत्र घोषणा नागरिक स्वतन्त्रतता विरुद्धको कार्य भएकाले हुँदा तत्काल फिर्ता लिन अपिल गरिएको छ ।
अन्यथा, नागरिकले निषेधित क्षेत्र घोषणाको अवज्ञा गरी नागरिक स्वतन्त्रताको अभ्यास यथावत रुपमा गर्ने जानकारी ज्ञापनपत्रमार्फत गराइएको छ ।
डा. केसीहित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल लगायत रहेका छन् ।
तत्कालिन राजा ज्ञानेन्द्रको निरंकुशताको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको स्थापना, सुशासन, मानवअधिकार र विधिको शासनको प्रवद्र्धनमा माइतीघर मण्डला लगायतका सार्वजनिक स्थानहरुमा भएका आम नागरिकका शान्तिपूर्ण भेला, प्रदर्शनसहितका अभियानहरुको अतुलनीय योगदान रहेकाले निषेधित क्षेत्र घोषणाले उक्त योगदानको अवमुल्यन गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC