काठमाडौं । जन्मजात हुने अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्तिहरूको पुनस्र्थापनामा क्रियाशील सामाजिक संस्था करुणा फाउण्डेसन नेपालले २०७२ को भूकम्पबाट प्रभावित अपाङ्गता भएका आठ हजार व्यक्तिहरूलगायत १० हजार परिवारलाई आकस्मिक सहायता पु¥याएको जानकारी गराएको छ ।
करुणा फाउन्डसन नेपालले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार करुणाले रसुवा जिल्लामा ८ वटा स्वास्थ्य चौकी भवन पुनर्निर्माण सम्पन्न गरेको छ भने २ वटा स्वास्थ्य चौकी भवनको मर्मत भइरहेको छ ।यसैगरी नुवाकोट जिल्लामा ३ वटा स्वास्थ्य चौकी भवन पुनर्निर्माणसम्पन्न हुने चरणमा छ । भूकम्पबाट क्षतिग्रस्त २ वटा विद्यालयको पुर्ननिर्माण भइसकेको छ भने वाँकी ३ वटा विद्यालय पनि आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गर्नेे लक्ष्य छ । विज्ञप्तिमा करुणा फाउण्डेसन नेपाललाई सहयोग गर्ने र विश्वास गर्ने सम्पूर्ण शुभेच्छुक व्यक्ति, संघसंस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।