site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
९ हजार नेपालीलाई अमेरिकाबाट निकाल्ने तयारी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाको सुरक्षा परिषद्ले अस्थायी बसोबासको अनुमति खारेज गर्ने निर्णय गरेपछि अमेरिकामा बस्दै आएका करिब नौ हजार नेपालीलाई घर फर्काइने बताइएको छ । अमेरिकामा बसोबास गर्दै आएका विदेशी नागरिकहरुलाई निष्कासन गर्ने ट्रम्पको नयाँ नीति अन्र्तगत सो फैसला सुनाइएको द वासिङटन पोस्टले जनाएको छ ।

वासिङटन पोस्टले निरीक्षण गरेको राष्ट्रिय सुरक्षा विभागको अन्तरिम योजनाको डक्युमेन्टमा सुरक्षा सचिव क्रिस्जेन नेल्सेनले अमेरिकामा अस्थायी बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरुलाई नेपाल फर्किन १ वर्षको समय अवधि तोकिसकेको देखिएको छ । यस प्रक्रियाको सुरुवात आगामी वर्ष २०१९ को जुनदेखि सुरु हुने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि नेपालीहरुलाई अस्थायी सुरक्षा नीति, टिपिएसका अनुसार २०७२ सालमा आएको ७.८ रेक्टरको महाभूकम्पपछि नेपालीहरुलाई अमेरिकामा अस्थायी रुपमा बसोबास गर्न स्वीकृति दिइएको थियो । सन् १९९० मा कांग्रेसले प्राकृतिक प्रकोप लगायत अन्य आपतकालिन् स्थिति आइलाग्दा विस्थापित नागरिकलाई फेरि उनीहरुकै देश पठाउनबाट बचाउन टिपिएस सेवा सुरु गरेको थियो ।

तर आप्रवासीको मुद्दामा निकै कडा रुपमा प्रस्तुत हुँदै आइरहेको ट्रम्प प्रशासनले यसअघि नै धेरैपटक टिपिएस सेवालाई चाँडो भन्दा चाँडो खारेज गराउन जोड दिँदै आएको छ ।  राष्ट्रपति ट्रम्पका अनुसार टिपिएसको उद्देश्य आप्रवासीहरुलाई लामो समयसम्म बसोबासको सुविधा दिलाउनु होइन । 

Global Ime bank

नेपालीहरुका साथै सिरियाली युद्धपछि अमेरिका भित्रिएका ६ हजार सिरियाली नागरिकको पनि टिपिएस सुरक्षा रद्द गराइने तयारी भइरहेको थियो । तर जनवरीमा फेरि सचिव नेस्लनले हालको अवस्था हेरेर  सिरियाली नागरिका लागि भने सो सेवा केही समय लम्ब्याइने बताएकी थिइन् ।

नेल्सनले आगामी मे ६ भित्रमै टिपिएस सेवा अन्र्तगत दुइ दशकभन्दा बढी समयसम्म अमेरिकामै बसोबास गर्दै आएका ५७ हजार विदेशी नागरिकलाई निकाल्नेबारे निर्णय लिइसक्नुपर्ने बताइएको छ ।  ट्रम्प प्रशासनले भने यसअघि नै सो सेवा रद्द गराउने संकेत दिइसकेको छ । 

२०७२ सालको महाभूकम्पपछि करिब १५ हजार नेपालीहरुलाई टिपिएस सेवा प्रदान गरिएको थियो । तर त्यसमध्ये अहिले ९ हजार मात्र अमेरिका बसोबास गर्दै आएको कंग्रेसनल रिसर्च सर्भिसले जनाएको छ । नेपालीहरु मुख्यगरी न्युयोर्क सिटीको आसपास क्षेत्रमा बसोबास गर्दै आएको बताइएको छ । राष्ट्रिय सुरक्षा विभागले अझैपनि यसबारे अन्तिम फैसला सुनाइसकेको छैन तर आन्तरिक डक्युमेन्टमा भने यसबारे चाँडै नै घोषणा गरिने उल्लेख गरिएको हो । यसका लागि सुरक्षा परिषद्ले ६० दिनसम्मको समय अवधिमा निर्णय लिइसक्नुपर्ने हुन्छ जसको डेडलाइन नेपालका लागि भूकम्प गएकै दिनमा परेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC