site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सबै मिलेर देश विकासमा संकल्प गरौँ : प्रचण्ड
Ghorahi CementGhorahi Cement

चितवन । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मिलेर देश विकासका लागि संकल्प गर्ने बेला आएको बताएका छन् ।

नेपाल नेत्रज्योति संघको २५औं केन्द्रीय साधारण सभालाई भरतपुरमा उद्घाटन गर्दै उनले भने, “अघिल्लो वर्ष निर्वाचन वर्षका रुपमा बित्यो । यो वर्ष विकासको वर्ष हुने अपेक्षा लिएको छु । अबको आठ÷दश वर्षमात्रै देशको विकास र सुशासनतर्फ केन्द्रित हुन सके सबैलाई उछिन्ने सम्भावना छ ।”

उनले भने, “७० वर्षदेखि प्राप्त गर्न नसकेको चिज यतिबेला प्राप्त भएको छ, अब राजनीतिक स्थिरताको सम्भावनामात्रै होइन, जगसमेत बसिसकेको अवस्था छ । कसैलाई कुनै पनि प्रकारको अतिवादतिर जाने अब कुनै ठाउँ छैन, सबै मूलधारतर्फ केन्द्रित हुनैपर्छ ।”
संविधानले स्वास्थ्य र शिक्षालाई जनताको मौलिक अधिकारको रुपमा परिभाषित गरेको भन्दै उनले संविधानले निर्देश गरे पनि आचरण, व्यवहार र कार्यान्वयन पक्ष अझै चुनौतीपूर्ण रहेको बताए ।

Agni Group

नेपाल नेत्रज्योति संघले प्रतिकूल परिस्थितिमा पनि स्वास्थ्य र शिक्षासँगै अनुसन्धानात्मक काम गरिरहेको भन्दै उनले प्रशंसा गरे । अब आँखाको ज्योतिका साथै मनको ज्योति पनि बाल्न आवश्यक रहेको उनले बताए ।

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने भन्दै प्रचण्डले भने, “मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङसँग भनेको छु, तपाईंहरुले नेपाललाई छाडेर विकास गर्छु भन्नुभयो भने तपाईंहरुको पनि विकास पूर्ण हुनेछैन ।”
पछिल्लो समय दुवै देशसँग सम्बन्ध थप सुमधुर बन्दै गएको बताउँदै उनले आर्थिक विकासका लागि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणले थप आयाम थप्ने उल्लेख गरे । चीनका राष्ट्रपतिलाई पनि यसै वर्ष भ्रमण गराउने विश्वास उनले व्यक्त गरे ।

Global Ime bank

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मिलनबाबु श्रेष्ठ र विजय सुवेदी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकूलपति प्राडा ईश्वरीप्रसाद ढकाल, लायन्स क्लब २३५ बीका पूर्व गर्भनर घनश्याम भट्टराई, शान्ति जोशी, नारायणगढ शाखाका अध्यक्ष कृष्णराज धरेललगायतले नेत्रज्योति संघले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

संघका केन्द्रीय अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रले नेपालका ३८ जिल्लाका १८ अस्पताल र ८४ उपचार केन्द्रमार्फत आँखा उपचार सेवा दिँदै आएको बताए । नेपालको आँखा स्वास्थ्य सेवामा ९० प्रतिशत योगदान नेत्रज्योति संघको रहेको उनले बताए । उनले आँखा विशेषज्ञसहितको स्तरीय सेवा प्रदान गर्दै आएको संघले हङकङ र दुवईमा समेत च्याप्टर सञ्चालनमा ल्याएको जानकारी दिए ।

नेत्रज्योति संघका कार्यक्रम निर्देशक शेलेन्द्रकुमार मिश्रले वार्षिक ३ लाख ५० हजारको शल्यक्रिया र ३० लाखलाई आँखा उपचार सेवा दिँदै आएको जानकारी दिए । शल्यक्रियाअन्तर्गत १ लाख २५ हजार नेपाली र अन्य भारतका विभिन्न जिल्लाका जनताले उपचार गराउने गरेको उनले बताए ।

कार्यक्रममा संघलाई विशेष सहयोग पु¥याउने विभिन्न दाता, उत्कृष्ट जिल्ला शाखा तथा स्वयंसेवकहरुलाई पुरस्कारसहित सम्मानित गरिएको थियो ।

सम्मानित हुनेहरुमा भरतपुर आँखा अस्पतालमा बिरामी कुरुवा भवन निर्माण गरिदिने दाता प्रितम पिया, आँखा बैंकका लागि १ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने दाता दम्पती भीमराज÷उषामाया पाठक, भरतपुर आँखा अस्पतालका डा मारिया गौतम, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल, पद्मनारायण चौधरी, श्यामसुन्दर उदाशी, सिर्जना दनुवार तथा यसवर्षको उत्कृष्ट शाखाका रुपमा दाङ शाखालाई पुरस्कृत गरिएको थियो ।  

यस अधिवेशनले विधान संशोधन गर्दै संघलाई प्रदेश संरचनामा लैजाँदै छ । देशभरका शाखाबाट २ सय २५ प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  ०४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC