site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालको ब्वाइज र गल्र्स टोली सेमिफाइनलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालको ब्वाइज र गल्र्स टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राउन्ड रोविन लिगमा नेपालको दुवै टोली दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो ।

पाँच राष्ट्र सहभागी ब्वाइजमा भारत पहिलो भयो भने पाकिस्तान तेस्रो र श्रीलंका चौथो भएको छ । ब्वाइजमा भुटानको चुनौती समाप्त भएको छ । ४ राष्ट्र रहेको गल्र्समा पनि भारत पहिलो भयो । श्रीलंका तेस्रो र भुटान चौथो स्थानमा रहन सफा भयो ।

Agni Group

अब सेमिफाइनलमा नेपालको ब्वाइजले पाकिस्तान तथा भारतले श्रीलंकाको सामना गर्नेछन् । नेपाल र श्रीलंका तथा भारत र भुटानबीच गल्र्सको सेमिफाइनल हुनेछ । सेमिफाइनलका विजेताले आगामी नोभेम्बरमा कजाकिस्तानमा हुने आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिप स्थान पक्का गर्नेछन् ।

राउन्ड रोविन लिगको अन्तिम दिन नेपाली ब्वाइज र गल्र्स टिम दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरेका थिए ।  ब्वाइजमा नेपालले पाकिस्तानलाई २–१ ले पराजित गर्यो । पहिलो सिंगल्समा नेपालका अकी जुवेन रावतले पाकिस्तानका विलाल असिमलाई ६–२ र ६–२ को सोझो सेटमा हराए । दोस्रो सेमिफाइनलमा पाकिस्तानका हमिद इस्ररले नेपालका आरभ सम्राट हाडालाई ६–२ र ६–३ ले पाखा लगाउदै खेललाई बराबरीमा ल्याएका थिए । निर्णायक रहेको डबल्समा अकी र आरभको जोडीले विलाल र मुहम्मद हुजैफा खानको जोडीलाई ६–० र ६–१ को सीधा सेटमा पन्छ्याउदै नतिजा आफ्नो पक्षमा पारेका थिए ।

Global Ime bank

सातदोबाटोस्थित टेनिस कोर्टमा नेपाली गल्र्स टिमले भुटानमाथि ३–० को सहज जित रच्यो । सिंगल्समा नेपालकी अजा रेग्मीले भुटानकी युडेन कर्मा दोर्जीलाई ६–१ र ६–३ तथा नेपालकी शुभाङ्गीलक्ष्मी शाहले भुटानकी वाङसेल तेन्जिन ल्हादेनलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाए । डबल्समा शुभाङ्गी र आइशा डोल्कर गुरुङको जोडीले युडेन र कुइङ्गा पाल्मोको जोडीलाई ६–१ र ६–० ले पन्छाए ।

ब्वाइजमा भारतले श्रीलंका र भुटानलाई समान ३–० तथा पाकिस्तानले भुटानलाई ३–० ले नै पराजित गरेको थियो । गल्र्समा भारतले श्रीलंकालाई ३–० ले हराएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC