site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल सेमिफाइनलमा तुर्कमेनिस्तानसँग पराजित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फिडिरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ । मिरपुरस्थित ढाका कवर्डहलमा बुधबार भएको सेमिफाइनलमा नेपाल तुर्कमेनिस्तानसँग ३ – ० को सोझो सेटमा पराजित भएको हो । नेपाल तुर्कमेनिस्तानसँग १४ – २५,१८ – २५ र  १९ – २५ को सेटमा पराजित भएको हो ।

अब नेपालले कास्य पदकका लागि काजकिस्तानसँग खेल्नेछ । यस्तै च्याम्पियनसिपको फाइनलमा  तुर्कमेनिस्तानले बंगलादेशसँग खेल्ने छ । सेन्ट्रल जोनमा नेपालको यो लगातार चौथो सहभागिता हो । नेपालले दुई बर्षअघि माल्दिभ्समा सम्पन्न तेस्रो संस्करणको च्याम्पियनसिपमा कास्य पदक जित्दै ऐतिहासिक सफलता पाएको थियो ।

पछिल्लो चार दशकबाट निरन्तर अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउँदै आएको नेपाली पुरुष भलिबल टोलीले जितेको त्यो नै पहिलो पदक थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC