site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
घरेलु मैदानमा साबिकको विजेता रियलसँग वायर्न स्तब्ध
Sarbottam CementSarbottam Cement

एजेन्सी । साबिकको बिजेता तथा स्पेनिस जाइन्ट रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा रियलले जर्मन क्लब वायर्न म्युनिखलाई २ – १ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा वायर्न रियलसँग स्तब्ध बनेको हो । रियललाई जित दिलाउन मार्सेलो र मार्को एसेन्सियोले समान एक एक गोल गरे । वायर्नका जोशुवा किमिचले एक गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

एलिनाज एरिनामा खेलको २८ औं मिनेटमा किमिचको गोलबाट वायर्नले सुरुवाती अग्रता बनाएको थियो । तर, जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्नले त्यसलाई जोगाउन सकेन । खेलको ४४ औं मिनेटमा रियलका मार्सेलोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलका एसेन्सियो चम्किए । खेलको ५७ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियल मड्रिडलाई २ – १ को महत्वपूर्ण जित दिलाए । च्याम्पियन्स लिगमा वायर्न्विरुद्ध रियलको यो लगातार छैटौं जित हो । यस्तै रियलको यो च्याम्पियन्स लिगमा १५० औं जित हो ।

Global Ime bank

 यो जितसँगै रियलले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अनब रियललाई दोस्रो लेगमा बराबरी खेले फाइनलमा पुग्न प्रयाप्त हुने छ । यता, वायर्नलाई भने जित बाहेक अन्य विकल्प रहेको छैन । रियलको मैदानमा हुने दोस्रो लेगमा वायर्नलाई जित निकाल्न मुश्किल भने हुनेछ । दोस्रो लेग अर्को साताको मंगलबार हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC