site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
खोतलिँदैछ सुन तस्करीको लहरो, एसपीसहित २० जना पक्राउ 
Sarbottam CementSarbottam Cement

संगठितरुपमा सुन तस्करीका घटनामा एकपछि अर्को वरिष्ठ प्रहरी अधिकारी मुछिएपछि प्रश्न उठेको छ – लहरो तान्दा पहरो गर्जने त होइन ? 

यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । अनलाइन सञ्चारमाध्यमले यो समाचारलाई दैनिकरूपमा उठाएको भए पनि दैनिक पत्रिकाले भने ढिलागरी यो विषय उठान गरेका छन् ।

गत माघ ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको तस्करीको साढे ३३ किलो सुन ओसारपसारका क्रममा हरायो । त्यही सुन खोज्ने क्रममा मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या भएपछि यो प्रकरण सार्वजनिक भएको थियो । अहिलेसम्म उच्च प्रहरी अधिकारीसहित २० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको विशेष समितिले घटना खोतल्दै जाँदा संगठित जालो क्रमशः खुल्दैगएको कान्तिपुर दैनिकमा समाचार छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कान्तिपुर दैनिकले माघ ९ देखि कहिले के भयो ? भन्ने शीर्षकमा घटनाक्रमसहित यो समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिका दैनिकले पनि तस्करको साढे ३३ किलो सुनले हत्या र आत्महत्याको शृंखला शीर्षकमा समाचार लेखेको छ ।

थाइ एयरका प्राविधिकले विमानस्थलमै आत्महत्या गरेको, काठमाडौंमा अपहरण मोरङमा यातना, प्रहरी कसरी मुछियो ? एसपी र डीआईजी नै अनुसन्धानको घेरामा, आरोपीका आफन्तले गुहारे गृहमन्त्री, योजनाकार र सुन बेपत्तालगायतका सबहेड राखेर समाचार तयार पारेको छ ।

Global Ime bank

टेकराज थामीले लेखेको यो समाचारसँगै नयाँ पत्रिकामा कृष्ण रिजालले लेखेको समाचारअनुसार सातामा डेढसय किलो सुन यसरी नै तस्करी भइरहेको छ ।

त्यसैगरी पञ्चायतदेखि नै सुन र शक्तिको सम्बन्ध शीर्षकमा सुजित महतले समाचार लेखेका छन् । प्रजातन्त्रकालका गृहमन्त्री खुमबहादुर खड्काका साथै वामदेव गौतम र अर्थमन्त्री रवीन्द्रनाथ शर्मा सुन तस्करीलाई सघाएको विवादमा परिरहेको समाचारमा उल्लेख छ ।
नागरिक दैनिकले पनि तेस्रो पृष्ठमा प्रहरीकै उच्च अधिकारी समातिन थालेको भन्दै समाचार प्रकाशित गरेको छ ।

अन्य समाचार 
 

आजको नागरिक दैनिकले प्रधानमन्त्री ओलीको धरहरा पुनर्निर्माण नारामै सीमित भएको भन्दै उनले दुई वर्षअघि पनि अहिलेजस्तै भाषण गरेको उल्लेख गर्दै समाचार लेखेको छ । विसं २०७२ फागुन ४ मा धरहरा पुनर्निर्माणका लागि उनले गरेको प्रतिबद्धता र २०७५ वैशाख १२ गते गरेको प्रतिबद्धता उस्तै रहेको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्टले २०७२ को भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिँदै गरेको तस्बिरलाई पहिलो पृष्ठमा स्थान दिएको छ । सरकारी निकायले नै बक्यौता नतिर्ने भन्दै अर्को समाचार प्रकाशित छ ।

नेपाली धनी भए 

आजका सबैजसो पत्रिकाले नेपालीको प्रतिव्यक्ति आय बढेको उल्लेख गर्दै समचार प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोस्टले यससम्बन्धी समाचारको ग्राफिक्ससहित समाचार तयार पारेको छ । नेपालीको प्रतिव्यक्ति वार्षिक आय ११ हजार तीन सय चार रूपैयाँले बढेको छ । तथ्यांक विभागले गतवर्षको प्रतिव्यक्ति आय ९२ हजार ३१ रुपैयाँबाट बढेर यसवर्ष १ लाख ३ हजार ३ सय रुपैयाँ पुगेको जनाएको छ ।

नयाँ पत्रिका, कान्तिपुर, नागरिक, राजधानी, हिमालय टाइम्स लगायतका पत्रिकाले यो समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । हिमालय टाइम्सले भग्नावशेष अवस्थामा रहेको धरहराको तस्बिरलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

थुनामा रहेका सांसद् निलम्बनमा पर्ने कि नपर्ने ?
 

तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन हुने वा नहुने प्रावधानमा दलहरुबीच विवाद हुँदा प्रतिनिधिसभा नियमावली मस्यौदाको कार्य प्रभावित बनेको छ । निलम्बन गर्नुपर्ने पक्षमा एमाले र माओवादी उभिएका छन् भने कांग्रेस र राजपा निलम्बनको विपक्षमा रहेको आजको गोरखापत्रमा समाचार प्रकाशित छ । कान्तिपुर दैनिकमा पनि राजेश मिश्र र मकर श्रेष्ठले यो विषयमा समाचार लेखेका छन् ।

विचार र दृष्टिकोण 
 

आजको कान्तिपुर दैनिकमा राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्य लेख्छन् – छिमेकमा र अन्यत्र अब हामीले पनि स्पष्ट दृष्टिकोण र कार्यक्रम, सक्रिय गतिविधि, सबल संस्थागत विकास र स्रोत र साधनको समुचित प्रयोग गरी बृहत्तर राष्ट्रिय स्वार्थको बढोत्तरी गर्नुको विकल्प छैन ।

अन्नपूर्ण पोस्टमा श्याम श्रेष्ठ लोकतन्त्रका १२ वर्ष शीर्षकमा लेख्छन् – बदलिएको राजनीतिक प्रणाली र नबदलिएको राजनीतिक नेतृत्वको चरित्र समकालीन नेपाली राजनीतिको सबैभन्दा ठूलो विरोधाभाष भइरहेछ जसका कारण आम नागरिकले अहिले पनि परिवर्तनको अनुभूति गर्न सकेका छैनन् ।

आजको नागरिक दैनिकमा कृष्णमुरारी भण्डारी लेख्छन् – आफूमाथि आक्रमण हुँदा ओली कांग्रेसलाई कसेर दनक दिन्छन् तर प्रचण्ड त्यसो गर्न सक्दैनन् किनभने भोलि ऊसँग मिल्नुपर्छ कि भन्ने सोचले उनी आक्रान्त छन् । तर सत्य कुरा के हो भने एमालेसँग गठबन्धन नगरेर चुनाव लडेको भए  माओवादी के हुन्थ्यो होला ?

सम्पादकीय

कान्तिपुर दैनिकले पुनर्निर्माणमा भइरहेको पट्यारलाग्दो कामको बारेमा सरकारको ध्यानाकर्षण गराउँदै सम्पादकीय लेखेको छ । पीडितको समस्याप्रति सरकार गम्भीर छैन भन्ने संरचना पुनर्निर्माणमा देखिएको ढिलासुस्तीले देखाएको सम्पादकीयमा उल्लेख छ ।

कांग्रेसको समीक्षा शीर्षकमा नयाँ पत्रिका दैनिकले सम्पादकीय लेख्दै भनेको छ – सभापतिसहितको नेतृत्व निर्वाचन समीक्षा टालटुल गरेर टार्न चाहन्छ । वास्तविक कारण खोतल्दा आफ्नै कमजोरी उधिनिने र नेतृत्वको वैधतामाथि प्रश्न उठ्ने भयले यो पंक्ति ग्रस्त छ ।
गोरखापत्र दैनिकले वैदेशिक रोजगारीमा सुधार शीर्षकमा सम्पादकीय लेखेको छ।

हिमालय टाइम्सले तस्करीको जालो छिचोल्ने चुनौती शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ – ३३ किलो सुनको पछिल्लो घटनाको अनुसन्धान र कारबाही तस्करी नियन्त्रणमा महत्वपूर्ण हुनेछ । यस अर्थमा चुनौतीपूर्ण पनि छ ।
अन्नपूर्ण पोस्टले कांग्रेस सुधार्ने सूत्र शीर्षकमा सम्पादकीय लेख्दै विशेष महाधिवेशन बोलाउनु नै कांग्रेसको पुनर्जीवनका लागि अत्यावश्यक रहेको उल्लेख गरेको छ ।

नागरिक दैनिकले पनि पुनर्निर्माण निराशापूर्ण रहेको भन्दै सम्पादकीय लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC