site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
च्याम्बरलिनले रुस विश्वकप गुमाउने
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्ल्यान्डका मिडफिल्डर एलेक्स ओक्लेड च्याम्बरलिनले दुई महिनापछि सुरु हुने रुस विश्वकप फुटबल गुमाउने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत रोमाविरुद्धको खेलको दौरान घाइते भएपछि लिभरपुलका च्याम्बरलिनले रुस विश्वकप गुमाउने भएका हुन् ।

घरेलु मैदानमा लिभरपुलले रोमालाई ५ – २ ले हराएको खेलको पहिलो हाफमा च्याम्बरलिन घाइते भएका थिए ।  खेलको १५ औं मिनेटमा रोमाका एलेक्सान्डर कोलारोभविरुद्ध ट्याकल हानेर बल खोस्ने प्रयास गर्दा च्याम्बरलिनले घुडाको चोट बोकेका थिए । उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

२४ बर्षिय च्याम्बरलिनको घुडाको लिगामेन्ट च्यातिएको बताइएको छ । च्याम्बरलिनको चोटको रिपोर्ट आएपछि लिभरपुलले प्रेस विज्ञप्ति निकाल्दै उनले च्याम्पियन्स लिगको अबको खेल र रुस विश्वकप गुमाउने जनाएको छ ।  यस्तै च्याम्बरलिनलाई चोट मुक्त हुन् धेरै समय लाग्ने बेलायती समचार सस्था बीबीसीले समचार लेखेको छ ।

यसै सिजन लिभरपुल आएका चेम्बरलिनले लिभरपुलबाट ४१ खेल खेलेका छन् । आर्सनलबाट एनफिल्ड आएका च्याम्बरलिनले लिभरपुलका लागि पाँच गोल गरिसकेका छन् ।

Global Ime bank

च्याम्बरलिनले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ३२ खेल खेलिसकेका छन् । आगामी जुनबाट सुरु हुने विश्वकपमा च्याम्बरलिन इंग्ल्यान्ड टोलीमा पर्ने सम्भावना बलियो रहेको थियो । जुन १४ बाट सुरु हुने विश्वकपमा इंग्ल्यान्ड समूह जी मा रहेको छ । इंग्ल्यान्डले बेल्जियम, पानामा र ट्युनिसियासँग खेल्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC