site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

सोल (रासस/सिन्ह्वा) ।  उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्ने भएका छन् ।
ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा अगाडी मे महिनाको मध्यतिर मुनले ट्रम्पलाई भेट्ने तयारी गरेको भएको समाचारमा जनाइएको छ ।  दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एक जना उच्च अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भएपनि मिति भने यकिन भइसकेको छैन । 
मे महिनाको मध्यतिर हुनसक्ने भ्रमणका बारेमा केही दिनमा मिति तय हुने ती अधिकारीले बताएका छन् । उत्तर कोरियाका नेता किमसँग भने मुनले आउदो शुक्रबार उत्तरसँगको सिमानामा पर्ने दक्षिणकै भू–भागमा पर्ने गाउँ पान्मुन्जोममा भेट्ने कार्यक्रम रहेको छ । 
त्यस लगत्तै किमसँग ट्रम्पले पनि भेट्ने संभावना रहेको यसअघि नै ट्रम्पले बताइसकेका छन् । ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्यतिर वा जुन महिनाको सुरुतिर हुनसक्ने बताइएको छ ।
अव यी दुई शिर्ष भेटवार्ताको बीचमा अर्को भेटवार्ता ट्रम्प र मुनको हुन लागेको हो । ट्रम्प र किमको भेटवार्तालाई फलदायी बनाउन समन्वय गरिदिने उद्देश्यले मुनले ट्रम्पसँग भेट्न लाग्नु भएको दक्षिण कोरियाली पक्षको भनाइ छ । 
दुई कोरियाको शिखर सम्मेलनका आधारमा उत्तर कोरिया र अमेरिकाको सम्वन्ध तय हुने जानकार बताउछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC