site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देउवाको ‘बचाउ’ गर्दै संस्थापन पक्ष, महासमिति बैठक आह्वानसहित बैठक टुंग्याउने तयारी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु निर्वाचनमा पराजय र सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका गलत क्रियाकलापको बचाउ गरेका छन् । उनीहरुले पार्टी पराजय हुनुको अपजस एकजनाले मात्रै लिन नहुने बताउँदै यसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत पनि उत्तिकै दोषी रहेको आरोप लगाएका छन् ।

बुधबार आफ्नो धारणा राख्नेहरु विमलेन्द्र निधि, प्रकाशशरण महत, मोहनबहादुर बस्नेत लगायतका नेताहरुले पौडेलको आलोचना गरेका थिए ।  तर पौडेल र सिटौला पक्ष भने यो कुरा मान्न तयार देखिएका छैनन् । उनीहरुले तत्काल महासमितिको बैठकको मिति तोकेर जानुपर्ने र त्यसले विशेष महाधिवेशनको आह्वान गर्ने बताउँदै आएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सम्भवतः आज बेलुकासम्म सबै नेताहरुले आफ्नो धारणा राखिसक्नेछन् । त्यसपछि मात्रै निर्णय लिइने उनले जानकारी दिए । कांग्रेस स्रोतका अनुसार ढिलोमा जेठसम्ममा महासमिति बैठक आह्वान गरिनेछ । आज पदाधिकारी, वरिष्ठ नेता नेता र समय रहे सभापति शेरबहादुर देउवाले पनि आफ्ना धारणा राख्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC