site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एल क्लासिको भिडन्त बराबरी, बार्सिलोनाको अपराजित यात्रा कायम 
Ghorahi CementGhorahi Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्त बराबरीमा सकिएको छ । आइतबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोना र रियलले २ – २ गोलको बराबरी खेलेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा घरेलु टोलीले लिएको दुई पटकको अग्रता उल्टाएर रियलले बराबरी खेलेको हो । पहिलो हाफमै १० खेलाडीमा समेटिएको बार्सिलोनाका लागि लुइस स्वारेज र लियोनल मेस्सीले समान एक एक गोल गरे । रियलका लागि क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलले समान एक एक गोल फर्काए ।

Agni Group

क्याम्प नाउमा च्याम्पियन बनिसकेको बार्सिलोनाले खेलको १० औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । तर, त्यसको पाँच मिनेट नबित्दै १४ औं मिनेटमा रियलका रोनाल्डोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा सर्जी रोबर्टोले रातो कार्ड पाएर मैदानबाट बाहिरिदा बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । रोबर्टोले रियलका डिफेन्डरलाई खराब ट्याकल गरेका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५२ औं मिनेटमा मेस्सीले गोल गर्दै पुनः बार्सिलोनालाई अग्रता दिलाए । तर,  खेलको ७२ औं मिनेटमा रियलका बेलले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र एल क्लासिको भिडन्त बराबरीमा सकियो ।

Global Ime bank

घरेलु मैदानमा रियलविरुद्धको बराबरीसँगै च्याम्पियन बार्सिलोनाले ३५ खेलबाट ८७ अंक जोडेको छ । र, बार्सिलोनाले ला लिगामा अपराजित यात्रा कायम राखेको छ । बार्सिलोनाले ला लिगको ३५ खेलमा २६ जित र ९ बराबरी खेलेको छ । लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडले ३५ खेलबाट ७२ अंक जोडेको छ ।

बार्सिलोनाले ला लिगाको उपाधि भने चार खेल अगावै जितिसकेको छ । गत साता डिपोर्टिभो ला करुनालाई हराउदै  बार्सिलोनाले २५ औं ला लिगा उपाधि जितेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC