site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अशोक दर्जीको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाल गायक अशोक दर्जीले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको छ । युट्युबमा अपलोड भएको २४ घण्टा बित्न नपाउँदै गीत एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । २४ घण्टामा ११ लाखभन्दा धेरै पटक गीतको भिडियो सर्च गरिएको छ । 

‘मन बिना को धन ठूलो कि धन बिनाको मन...’ बोलको गीतमा गायक तथा संगीतकार टंक बुढाथोकीले गायनका लागि अशोकलाई सहयोग गरेका छन् । टंकले गाएपछि अशोकले उनलाई हुबहु नक्कल गर्दै पछ्याउँछन् । ठाउँठाउँमा भने गीत डोयटका रुपमा समेत सुन्न पाइन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गीतमा शब्द बि राज नेपालको छ भने संगीत टंक बुढाथोकी स्वयम्ले भरेका छन् । यो गीतको परिकल्पनाकार समेत टंक आँफै हुन् । 

भिडियो निर्देशन समेत टंक आँफैले गरेका छन् । 

Global Ime bank

झापाको गरिब दर्जी परिवारका अशोकलाई एक स्थानीय टेलिभिजनले उनको प्रतिभा सार्वजनिक गरेपछि अशोकलाई काठमाडौं ल्याएर उनको प्रतिभालाई डिजिटलाइज गरिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०७५  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC