site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विवेकशील साझाले बेलुनमा उडायो– मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं
Ghorahi CementGhorahi Cement

काठमाडौं । विवेकशील साझा पार्टीले पटक–पटक प्रहरीले हस्तक्षेप गरेपछि ‘मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखेर बेलुन उडाएको छ ।

पार्टी कार्यालयमा राखिएको ब्यानर दुईपटकसम्म प्रहरीले हटाइदिएपछि बेलुनमा राखेर उडाइएको विवेकशील साझाले जनाएको छ । सरकारको यो कदमप्रति सामाजिक सञ्जालमा तीव्र विरोध भएको छ ।
यसलाई विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले अधिनायकवादको स्पष्ट संकेत भनेका छन् ।

Agni Group

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्–विवेकशील साझा पार्टीले कार्यालयमा मोदीजी स्वगत तर नाकाबन्दी बिर्सेका छैनौं लेखेको ब्यानर प्रहरीले निकालेको छ । ब्यानर राख्ने र प्रहरीले झिक्ने क्रम जारी छ । पार्टी कार्यालयमा प्रहरी तैनाथ छन् । केही नबिथोल्ने अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु अधिनायकवादको स्पष्ट संकेत हो ।”

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले यसलाई अधिनायकवाद वा कसैप्रति चाकडी प्रदर्शनकै भद्दा नमुना भएको बताएका छन् ।

Global Ime bank

“विधिवत् दर्ता भएको कुनै राजनीतिक दलले देशको संविधान र कानून विपरित नहुने अभिव्यक्ति बोलेर, लेखेर, तुल टांगेर वा अन्य कुनै प्रकारले गर्दा त्यसलाई राज्यले बल प्रयोग गरेर रोक्नु अधिनायकवाद वा कसैप्रति चाडकी प्रदर्शनकै भद्दा नमुना हो । त्यसको सबैले प्रतिवाद गरौं,” भट्टराईले भनेका छन् ।

नेपाली कांग्रेसका  नेता गगन थापाले सरकारको असंवैधानिक र निन्दनीय कृत्य भएको टिप्पणी गरेका छन् ।

“हाम्रो संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सृजनात्मक विरोध पनि सहन नसक्ने ? विवेकशील साझाको ब्यानर च्यात्नु असंवैधानिक र निन्दनीय कृत्य हो,” थापाले भनेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC