साहित्य
काठमाडौं । यही शनिबार ५१ दिन मनाएको चलचित्र ‘शत्रु गते’ निर्माण युनिटले अर्को चलचित्र निर्माणको तयारी सुरु गरेको छ ।
“अहिले स्क्रिप्टको काम धमाधम भैरहेको छ । केही रिसर्च पनि गर्नु पर्ने भएकाले थप केही समय लाग्छ,” ‘शत्रु गते’ का निर्माता किरण केसीले भने, “सम्भवत मेरो जन्मदिन पारेर असारमा चलचित्रको नाम र निर्माणको घोषणा गर्ने छौं ।”
किरण केसी नै चलचित्रको निर्माता भए पनि अहिलेका सबै कलाकार चलचित्रमा दोहोरिने छन् या छैनन् त्यो भने उनले खुलाउन चाहेनन् । निर्देशन कसले गर्ने भन्नेबारे पनि केसी खुल्न चाहेनन् ।
चलचित्र ‘शत्रु गते’ लाई प्रदीप भट्टराइले निर्देशन गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५ १६:५७
प्रतिक्रिया दिनुहोस्