site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
आणविक सम्झौता बचाउन चीन, रुस र युरोपको सहायता लिँदै ईरान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । ईरानका विदेश मन्त्री मोहोम्मद जाभेद जारिफ सोमबार बिहान रुस भ्रमण अन्र्तगत मस्काउ पुगेको सीएनएनले जनाएको छ । २०१५ मा स्थापित गरिएको आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि अहिले ईरान यसलाई बचाउने प्रयासमा समर्थक राष्ट्र, रुस, चीन र युरोपतर्फ लागिरहेको छ । यही विषयमा कूटनीतिक छलफलका निम्ति आइतबार जारिफ चीन पुगेका थिए ।
रुसका विदेश मन्त्री सेर्गी लेम्रोभका अनुसार भेटवार्ताका क्रममा जारिफले रुसी पक्षसँग आणविक सम्झौतालाई यथावत् राख्नमा सहमतिको आग्रह गरेका हुन् । तर रुसले यसअघि नै ट्रम्पको निर्णय विरुद्ध ईरान सम्झौताप्रति समर्थन जनाइसकेकाले लेभ्रोभले यसलाई जारी राख्न ईरानको साथ दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो हप्ता उक्त आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकालेपछि ट्रम्पले ईरानमाथि अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्ध जारी गर्ने घोषणा गरेका थिए । तर अमेरिका बाहेक अन्य ठूला देशहरु भने ईरान आणविक सम्झौतालाई जारी राख्ने पक्षमा बोल्दै आएका छन् ।
आइतबार चीनसँगको वार्तामा पनि उनले ईरान सम्झौतालाई जीवित राख्नुको महत्वबारे चर्चा गरेको बताइएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटवार्तापछि ‘चीनले निस्पक्ष र जिम्मेवार रुपले यस सम्झौतालाई जारी राख्न सबै सम्बन्धित पार्टीहरुसँग सहकार्य गरिरहने’ बताइएको थियो । उक्त सम्झौता निकै कठिनाइपछि मात्र सम्भव हुन सकेको भन्दै मन्त्री वाङले यस्तो बयान दिएका हुन् । 
यसअघि इरानका उप विदेश मन्त्रीले जर्मनी, फ्रान्स र बेलायतलाई ६० दिनसम्मको अन्तिम समय दिँदै सम्झौतालाई जारी राख्ने सम्बन्धी सुनिश्चितता प्रदान गर्न आग्रह गरेका थिए । रुसपछि जारिफले ब्रसेल्समा तीन युरोपेली मुलुकहरुको भ्रमण गर्ने बताएका छन् । बेलायतले भने ईरान सम्झौताप्रति निरन्तर समर्थन जनाउँदै आएको छ जसकारण ईरानले बेलायततर्फबाट सकारात्मक सन्देशकै अपेक्षा गरिरहेको जरिफले बताएका हुन् । आइतबार मात्र बेलायती प्रधानमन्त्री टेरेजा मेले ईरानका राष्ट्रपति रोहानीसँग प्रत्यक्ष फोनवार्ता गरि आफ्नो पूर्ण समर्थन रहेकोबारे जानकारी दिएकी हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  ०५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC