site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
के ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउलान् ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । नोबेल शान्ति पुरस्कारको कुरा गर्दा मानिसहरुलाई तीन अलग–अलग समूहमा बाँड्न सकिन्छ । एकातर्फ ति व्यक्तिहरु जसलाई उनीहरुको कामका लागि शान्ति पुरस्कारले पुरस्कृत गरिएको छ । यो समूहमा मार्टिन लूथर किङ्ग, मदर टेरेसा र नेल्सन मण्डेलाजस्ता व्यक्तिहरु समावेश छन् । 
दोस्रो समूहमा ति मानिसहरु पर्छन्, जसलाई यो सम्मान प्रदान गरिनु पथ्र्यो तर सम्मान गरिएन् । यसमा महात्मा गान्धीको नाम समावेश छ । उनलाई गएको शताब्दीमा शान्तिका सबैभन्दा ठूलो प्रतीक मानिन्छ । 
यसपछि ति व्यक्ति आउँछन्, जसलाई सायद एक दिन नोबेल कमिटीका तर्फबाट शान्ति पुरस्कार मिल्न सक्छ । यस्ता मानिसहरुको समूहमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पर्दछन् । 

ट्रम्पको नाम औपचारिक रुपमा नामाङ्कन
रिपब्लिकन पार्टीका तर्फबाट १८ कांग्रेस सदस्यहरुले नर्वेको नोबेल कमिटीका अध्यक्षलाई यसबारेमा पत्र लेखेका छन् । पत्रमा कांग्रेस सदस्यहरुले कोरियाली प्रायद्वीपका देशलाई परमाणु हतियार त्याग्नका लागि सहमत गराएर क्षेत्रमा शान्ति ल्याउनसँग जोडिएका कामलाई आधार मानेर नोबेल शान्ति पुरस्कारका लागि ‘नोमिनेट’ गरेका छन् । 
ति कांग्रेस सदस्यहरु मध्यका एक स्टीव किङ्ग भन्छन्, “राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग–उनसँग कोरियाली प्रायद्वीपमा परमाणु हतियार निस्शस्त्रीकरणका बारेमा कुराकानी गर्ने प्रस्ताव स्वीकार गरेको जानकारी पाउँदा नै मेरो मनमा यो बिचार आएको हो ।’’

के ट्रम्पलाई मिल्न सक्छ शान्ति पुरस्कार
केही महिनादेखि ट्रम्पलाई शान्ति पुरस्कारका लागि ‘नोमिनेट’ गर्ने चर्चा चल्दै आएको छ । गत मार्च महिनामा नर्वेस्थित नोबेल समितिले कुनै नचिनिएको व्यक्तिले अनौठो कारणका लागि ट्रम्पको नाम अगाडि सारेको बताएको थियो । त्यस पछि अघिल्लो महिना दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिनु पर्नेमा जोड दिएका छन् । 
तर ट्रम्पकै पार्टीका १८ कांग्रेस सदस्यहरुद्वारा उनको नामलाई औपचारिक रूपले नोबेल कमिटीलाई पठाएपछि चर्चा झनै चुलिएको छ । ट्रम्पलाई यसका बारेमा जिज्ञासा राख्दा उनले हाँस्दै भने, “सबैलाई यस्तो लाग्छ, तर म यस्तो कहिल्यै भन्दैन । म विश्वको जीत हुने पुरस्कार चाहन्छु ।’’
विश्वमा सबैभन्दा बढी विवादित र चर्चित नोबेल पीस प्राइज यदि ट्रम्प जस्ता विवादित व्यक्तिलाई प्रदान गरिए अत्यन्तै आश्चर्यजनक हुने ‘पीस’ नामक पुस्तकका लेखक जे नार्डलिंगरको भनाई छ । 
उनी भन्छन्, “तर यो शान्ति पुरस्कार सन् १९०२ मा शुरू भए पछि नै विवादको विषय रहँदै आएको छ ।’’ यो पुरस्कार पाउने मध्ये अमेरिकाका पूर्व विदेश मन्त्री हेनरी किसिंगर र प्यालेष्टाइनका नेता यासिर अराफातको नाम पनि समावेश छ । 
केही अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु उत्तर कोरियाका साथ शान्तिका लागि अमेरिकाको भन्दा बढी श्रेय दक्षिण कोरियालाई दिइनुपर्ने मान्यता राख्दछन् । 
https://www.bbc.com/hindi/international-44097812

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC