site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपको लागि ब्राजिलको टोली घोषणा, घाइते नेयमार टिममा अटाए
Sarbottam CementSarbottam Cement

एजेन्सी । ब्राजिलले रुसमा हुने फिफा विश्वकप फुटबलको लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । जेठ अन्तिम साताबाट सुरु हुने विश्वकप फुटबलको लागि ब्राजिलले सोमबार राति २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

ब्राजिलले सार्वजनिक गरेको राष्ट्रिय टोलीमा घाइते रहेका २६ बर्षीय फरवार्ड नेयमार अटाएका छन् ।  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का नेयमार पछिल्लो केहि महिनाबाट मैदानमा नदेखिएपनि प्रशिक्षक टिटेले टोलीमा राखेका छन् । नेयमारले गत फागुनमा मार्सेलीविरुद्धको खेलमा चोट बेहोरेका थिए  ।  तर, यो पटक ब्राजिलको टोलीमा पिएसजीकै डिफेन्डर ड्यानी अल्भेसले भने चोटका कारण टोलीमा परेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकपमा ब्राजिलको फरवार्ड लाइन नेयमारसँगै रोबर्टो फिर्मिनो,ग्याब्रिएल जेसस र टाइसनले सम्हाल्नेछन्  । मिडफिल्डरमा फिलिप कौटिन्हो, पाउलिन्हो,फर्नानडिन्हो, विलियन,क्यासेमिरो, फ्रेड, डग्लस कोस्टा र रेनाटो अगुस्टो छन् ।

त्यस्तै टोलीको डिफेन्स ड्यानिलो, मार्सेलो,थियागो सिल्भा, मार्किन्हस, पेड्रो जेरोमेल, मिरान्डा,  फिलिपे लुइस र फाग्नरले सम्हाल्ने छन् । ब्राजिलियन टोलीको गोलरक्षकमा  एडरसन, एलिसन र क्यासिओ रहेका छन् ।

Global Ime bank

आगामी जेठ ३१ गतेबाट सुरु हुने २१ औँ संस्करणको विश्वकपमा ब्राजिल समूह ‘ई’ मा रहेको छ । ब्राजिलको समूहमा कोस्टा रिका, सर्बिया र स्विटजरल्यान्ड रहेका छन् । यो  संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC