site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सिंगल थिएटर मल्टिप्लेक्समा रुपान्तरण !
Sarbottam CementSarbottam Cement

काठामाडौं । केही सिंगल थिएटर मल्टिप्लेक्समा रुपान्तरण भएका छन् । काठमाडौंसहित बाहिरका केही यसअघि सिंगल थिएटरका रुपमा रहेका चलचित्र घरलाई मल्टिप्लेक्समा रुपान्तरण गरिएको हो । 
चलचित्र निर्माता संघ र चलचित्र संघबीच  काठमाडौं उपत्यकाभित्रका गोपीकृष्ण, गुण, र अष्टनारायण हललाई मल्टिप्लेक्सको मान्यता दिने सहमति भएको हो । 

गोपीकृष्ण मुभिजको गोपी हल र ‘कृष्ण’ हल, अष्टनारायणको ‘क’ र ‘ख’ हल, गुण सिनेमाको ‘क’, ‘ख’ र ‘च’ हल तथा बाराही मुभिजको ‘क’ हललाई मल्टिप्लेक्स सरहको मान्यता दिइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यका बाहिर पोखराको श्रीकृष्ण, बाराहीको ‘क’ र ‘ख’ हललार्ई मल्टिप्लेक्सको मान्यता दिइएको हो । यी हलले अब निर्मातालाई सेयर बुझाउँदा मल्टिप्लेक्स सरहको सेयर रकम बुझउनु पर्ने चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।  

मल्टिपेल्क्सको मान्यता पाएका यी हलले पनि अब पहिलो साता निर्माता र प्रदर्शकले ग्रस कलेक्सनको ५०/५० प्रतिशत, दोस्रो सातामा निर्माताले ग्रस कलेक्सनको ४५ र प्रदर्शकले ५५ प्रतिशत, तेस्रो सातामा निर्माताले ४० र प्रदर्शकले ६० प्रतिशत सेयर पाउने छन् भने चौथो हप्तादेखि निर्माताले ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउने छन् । 
तस्बिरः गुगलबाट

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC