site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के छ चलचित्र निर्माता संघ र चलचित्र संघका १८ बुँदामा ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सेयर बाँडफान्डमा सहमति जुटेको छ । पटकपटकको वार्ता र छलफल पछि सेयर बाँडफाँडमा सहमति  जुटेको हो । 
सहमति अनुसार अब पहिलो साता निर्माता र प्रदर्शकले ग्रस कलेक्सनको ५०/५० प्रतिशत सेयर बाँडफाँड गर्ने छन् । 

निर्माता संघले जेठ २ गतेसम्म आफूले अघि सारेका माग पूरा नभए ४ गतेबाट हलमा कुनै पनि चलचित्र प्रदर्शन नगर्ने चेतावनी दिएपटि दुई संघबीच १८ बुँदे सहमती भएको हो । 

यस्तो छ निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौताः 
१. कुनै पनि चलचित्र घरले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको ट्रेलर, ब्यानर, पोष्टर र स्टाण्डी समेतको प्रचार प्रसार समाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा प्रदान गर्ने गराउने छ ।
 
२. मल्टीप्लेक्स चलचित्र घरको शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शन पश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ता भित्र अनिवार्य रुपमा भुक्तानी गर्नु पर्नेछ । सिंगल स्टेशनको हकमा चलचित्र उत्रेको दुई हप्ता भित्र भुक्तानी गर्नु पर्नेछ । यो अवधि भित्र भुक्तानी नभएमा संयुक्त कार्यदलले गरेको निर्णय अनुसार हर्जाना सहित कारबाही गर्ने गराइनेछ ।
 
३. चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेका क्याबिनको हिसाब समेत उपलब्ध गराउनु पर्नेछ ।
 
५. चलचित्र घरहरुले कुनै पनि हलभाडा वा हल खर्चको नाममा खर्च काट्न पाइने छैन ।
 
६. काठमाण्डौ उपत्यका भित्रका चलचित्र घरहरुमा टिकट दर रु. २५० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिनेछ । उपत्यका बाहिरको हकमा टिकरट दर रु. २०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।
 
. मल्टिप्लेक्स चलचित्र घरहरुको नेट सेयर बाँडफाँड पहिलो हप्ता ५० प्रतिशत । दोश्रो हप्ता ४५ प्रतिशत तेश्रो हप्ता ४० प्रतिशत चौथो हप्ता देखि ३५ प्रतिशत वितरक (निर्माता) ले पाउनेछ ।
 
. सिंगल चलचित्र घरको नेट सेयर बाँडफाँड पचास पचास प्रतिशतको आधारमा हुनेछ ।
 
. उपत्यका भित्र गोपीकृष्ण मुविजको गोपी हल र कृष्ण हल, अष्टनारायणको 'क' र 'ख' हल, गुण सिनेमाको 'क', 'ख' र 'च' हल तथा बारही मुविजको क हललाई मल्टिप्लेक्स सरहको सेयर बाँडफँड गरिनेछ ।
 
घ. उपत्यका बाहिरको हकमा पोखराको श्रीकृष्ण, बाराही चलचित्र घरको ‘क’ र ‘ख’ लाई मल्टिप्लेक्स सरहको सेयर बाँडफाँड गरिनेछ ।
 
ङ. बुँदा नं ६ मा उल्लेख भए बमोजिम अन्य चलचित्र घरहरुले भौतिक पूर्वाधार पूरा गरेमा मल्टिप्लेक्सको मान्यता हुनेछ ।
 
७. नेपाल चलचित्र निर्माता संघको आधिकारिक सदस्यलाई नेपाल चलचित्र संघले मान्यता दिइनेछ । नेपाल चलचित्र संघका आधिकारिक सदस्यलाई नेपाल चलचित्र निर्माता संघले मान्यता दिइनेछ ।
 
८. निर्माता र वितरक तथा वितरक र प्रदर्शकको बीचमा चलचित्र प्रदर्शन अगावै अनिवार्य रुपमा सम्झौता गर्नु पर्नेछ । सम्झौताको नमूना संयुक्त कार्यदलले तयार गर्नेछ ।
 
९. चलचित्र घरले निर्माता वा वितरकको अनुमति विना पास जारी गर्न पाइने छैन । यस सम्बन्धमा विवाद भएमा कार्यदलमा छलफल गरिनेछ ।
 
१० यस अघि विभिन्न मितिमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच चलचित्र प्रदर्शन सम्बन्धमा भए गरिएका सहमति र सम्झौताहरु यो सम्झौताहरु लागु भएपछि स्वतः खारेज हुनेछन् ।
 
११. सबै निर्माता, वितरक तथा प्रदर्शक अनिवार्य रुपमा पारदर्शी व्यपारमा जानु पर्नेछ ।
 
१२. चलचित्र निर्माताले वितरकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ । वितरकले सेयर रकम लिँदा प्रदर्शकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ ।
 
१३. बक्स अफिस लगाउने सम्बन्धमा दुबै संघको पूर्ण प्रतिबद्धता रहेकोछ ।
 
१४. यो सम्झौता मिति २०७५ साल जेष्ठ ४ गते देखि लागु हुनेछ ।
 
१५. यो सम्झौताको अवधि २ (दुई) वर्षको हुनेछ ।
 
१६. डी.सी.पी. फाइल तथा भी.पी.सी. र के.डी.एम.को विषयमा सरोकारवालासाग दुबै पक्षले छलफल गरी निर्णय गरिनेछ ।
 
१७. यो सम्झौतालाई अक्षरसः पालना गर्ने गराउने विषयमा दुबै पक्षले प्रतिवद्धता व्यक्त गर्दछौँ ।
 
१८.निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षिय सहमतीमा हलमा लागेका फिल्मको टिकट दर तोक्न सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC