काठमाडौं । चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को टिजर सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक गरिएको टिजरमा आयुष्मान देशराज जोशी, संजोग राणा, प्रियंका कार्की, वर्षा राउत र शिव श्रेष्ठ फिचर्ड छन् ।
नायिक करिष्मा मानन्धरकी छोरी कविता मानन्धर र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले यही चलचित्रबाट डेब्यु गर्दैछन् । टिजरमा भने यी दुवैलाई देखाइएको छैन । दिपेश सापकोटाले निर्देशन गरेको ‘एउटा यस्तो प्रेम कहानी’ मा शक्ति र कविताको जोडी बाँधिएको छ ।
अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ मा नरेन खड्का, बिष्णु चेम्जोङ, रेखा फागो, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मालगायतका कलाकारको पनि अभिनय छ ।
चलचित्रको कथा शिव श्रेष्ठ आँफैले लेखेका हुन् ।