site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प मिर्गौला शल्यक्रियाका लागि अस्पताल भर्ना
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प सोमबार राजधानी वासिङटन स्थित वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा मिर्गौलाको शल्यक्रियाका लागि भर्ना भएकी छन् । उनको अवस्था धेरै गम्भीर नभएको बताइएपनि स्वास्थ्य परीक्षण गराउन जरुरी भएकाले समयमै उपचारका लागि लगिएको सिएनएनले बताएको छ । उनी सोमबार अस्पताल भर्ना भएको बारे राष्ट्रपति ट्रम्पले पनि ट्वीट गरेका छन् ।

उनी अब एक हप्तासम्मका लागि अस्पतालमै उपचाररत् रहने र पूर्ण रुपमा ठीक नभएसम्म कार्यलयमा उपस्थित नहुने बताइएको छ । मेलानियाको शल्यक्रिया भइरहँदा ट्रम्प भने ह्वाइट हाउस भित्रै रहेको बताइएको छ । उनले बेलुकीको ५ बजे मात्र ट्वीट गर्दै आफ्नी पत्नीलाई भेट्न जान लागेको खबर गरेका थिए । गत महिना ४८ वर्षकी भएकी मेलानिया अमेरिकाकी पहिलो प्रथम महिला हुन् जसले १९८७ पछि गम्भीर स्वास्थ्य परीक्षण गराउनु परेको हो । उनी भन्दा अगाडि पूर्व प्रथम महिला नेन्सी रेगानले ट्युमर हटाउने शल्यक्रिया गरेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पतिमा भन्दा आफ्ना छोरा बेरोनप्रति बढी केन्द्रित रहने स्वभावकी मेलानियाले हालै मात्र अमेरिकी प्रशासनका विभिन्न कार्यक्रममा मुख्य भूमिका निर्वाह गर्न सुरु गरेकी हुन् । ट्रम्प राष्ट्रपति भएको ६ महिनापछि मात्र ह्वाइट हाउस प्रवेश गरेकी उनले पछिल्ला केही हप्ताहरुमा डोनाल्डसँगै उपस्थित रहेर फ्रान्सका राष्ट्रपति म्याक्क्रोन र पत्नी बिग्रेटलाई समेत स्वागत गरेकी थिइन् । अहिले भने उनी बालबालिकाहरुको शारीरिक एवम् मानसिक विकास र सेवा तथा सुरक्षा सस्म्बन्धी संघसंस्थाहरुसँग आबद्ध रहेकी छन् । यो भन्दा अगाडि उनी रोज गार्डेन कार्यक्रममा अहिलेसम्मकै लामो ११ मिनेटको भाषणका कारण चर्चामा आएकी थिइन् ।

गत हप्ताको सो कार्यक्रमपछि सिएनएनले गरेको सर्वेक्षणमा पनि ५७ प्रतिशत अमेरिकी जनता मेलानियाको पक्षमा रहेको देखिएको थियो । जसपछि राष्ट्रपति ट्रम्पले उनी अत्यन्तै चर्चित प्रथम महिला भएको बताउँदै मानिसहरुले मेलानियालाई धेरै मन पराइरहेको उल्लेख गरेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC