Skip Advt.
ad

घटना क्रम

२ सय र २ हजार दरका सामान्य च्यातिएका भारु नोट पनि नचल्ने  

२ सय र २ हजार दरका सामान्य च्यातिएका भारु नोट पनि नचल्ने  

नयाँ दिल्ली । के तपाईसँग दुई सय र दुई हजार दरका भारतीय रुपैयाँका नोटहरु च्यातिएका अथवा फोहोर भएको अवस्थामा छन् ? यदि छन् भने अव ति नोटहरु न कुनै बैङ्कमा जमा गर्न सक्नुहुनेछ न बैङ्कले ति नोटहरु साट्ने छ । किनकी भारतीय रिजर्भ बैङ्क (आरबीआई) को मुद्रा सटहीसँग सम्बन्धित नियमको दायरामा यस्तो प्रकारका नोटहरुलाई अहिलेसम्म समावेश गरिएको छैन् । 

इकोनोमिक टाइम्सको एक रिपोर्ट अनुसार च्यातिएका र फोहोर भएको मुद्रा सटही गर्नु आरबीआई अधिनियमको धारा २८ को आरबीआई (नोट रिफण्ड) नियम अन्तर्गत पर्दछ । यो धारामा ५, १०, ५०, १ सय, ५ सय र १ हजार तथा ५ हजार र १० हजार रुपयाँका नोटहरुका बारेमा मात्रै भनिएको छ । तर २ सय र २ हजार रुपयाँका नोटहरुको सम्बन्धमा उक्त धारमा कुनै प्रावधान राखिएको छैन । 

सरकार र आरबीआईले सटहीमा लागु हुने प्रावधानमा कुनै परिवर्तन नगरेका कारण २ सय र २ हजार दरका भारतीय नोटहरु च्यातिदा र फोहोर हुँदा नचल्ने बताइएको छ । 

केन्द्रीय बैङ्कले भने २०१७ को कानूनमा संशोधन आवश्यकता रहेको भन्दै वित्त (अर्थ) मन्त्रालयलाई पत्र पठाइसकिएको दावी गरेको छ । यस विषयमा सोझो सरोकार राख्ने एक व्यक्तिले उक्त पत्रमाथि अहिलेसम्म सरकारले कुनै प्रतिक्रिया नदिएको समाचार ‘द वायर डटकम’ ले प्रकाशित गरेको छ । 
 

तपाईंको मत