site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हामी कविता शृँखलामा सुनिए प्रभा र रोशन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लुनकरणदास – गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा विगत पाँच वर्षदेखि गरिँदै आइएको कविता वाचनको मासिक शृँखला ‘हामी कवि र कविता’को ५७औँ अंक मंगलबार सम्पन्न भएको छ ।
सर्वनामको प्रेक्षालयमा हरेक महिनाको १ गते आयोजना गरिँदै आएको हामी कवि र कविताको नविनतम शँृखलामा कविद्वय प्रभा भट्टराई तथा कवि रोशन पुनले आ आफ्ना कविता वाचन गरे ।  

कविता वाचनको पहिलो चरणमा कवि प्रभा भट्टराईले आफ्नो १० वटा कविता वाचन गरिन । उनले आमा, कल्पना परी, त्यै भयो बरू, खै म के भनूँ, आनन्द, ढिलो भयो हैँ लगायत शीर्षकको कविता वाचन गरेकी थिइन ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै कार्यक्रमको दोस्रो चरणमा अर्का कवि रोशन पुनले आफ्नो ६ वटा कविता वाचन गरे । उनले फुल व्रmान्ति, झरी, म धरहरा, पाठशाला, गुन्द्रुक र बाकस शीर्षकको कविता वाचन गरेका थिए ।

कार्यक्रमको प्रारम्भमा सर्वनामका तर्फबाट साहित्यकार अशेष मल्लले कविद्वयलाई स्वागत गरेका थिए । कार्यक्रममा कवितामा रुची राख्ने स्रोताहरुको उल्लेख्य सहभागिता थियो ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  २०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC