site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
चीनको नक्सामा तिब्बत र ताइवान छुटाइएपछि चिनियाँ सरकार आक्रोशित !
Sarbottam CementSarbottam Cement

बीबीसी । चर्चित अमेरिकी कपडा बिक्रेता कम्पनी ग्यापले आफ्नो टिसर्टमा चीनको नक्सा प्रिन्ट गर्दा ताइवान र दक्षिण तिब्बतलाई छुटाएपछि चिनियाँ सरकारले आक्रोस व्यक्त गर्दै कम्पनीलाई बन्द गराइदिने धम्की दिएको छ । आफूलाई स्वतन्त्र मुलुक बताउने गरेपनि ताइवान र तिब्बतलाई चीनले ‘एकल चीन’ नीति अन्र्तगत आफ्नै क्षेत्र दाबी गर्दै आएको छ । यस्तोमा ताइवानको विषयमा सधैँ संवेदनशील रहने गरेको चिनियाँ सरकारले यस घटना विरुद्ध पनि कडा प्रतिक्रिया दिएको हो ।

यसरी चीनले आफ्नो देशमा ग्याप कम्पनीमाथि नै प्रतिबन्ध लगाइदिने चेतावनी दिएपछि कम्पनीले पनि आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको हो । आधिकारिक बयान सार्वजनिक गर्दै ग्यापले भनेको छ, ‘हामी चीनको सार्वभौमिकताको र क्षेत्रीय अखंडताको सम्मान गर्छौँ । त्यसैले हामीले चिनियाँ बजारबाट हाम्रा उत्पादन समेत हटाइ नष्ट गरिसकेका छौँ । ग्याप ब्रान्डको टिसर्ट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न लगिँदा त्यसमा चीनको नक्सा गलत प्रिन्ट भएको थियो । त्यसैले हामी यस गल्तीका लागि क्षमा माग्न चाहन्छौँ ।’ 

Prabhu Bank
Agni Group
NIC Asia

यसका साथै ग्यापले यस प्रकारको गलती भविष्यमा नगर्ने प्रतिबद्धता जनाउँदै आफ्नो कम्पनीले अन्तराष्ट्रिय स्तरको उत्पादन गर्ने भएकाले चिनियाँ कानूनको पूर्ण रुपमा समर्थन गर्ने बताएको हो । 

ग्यापले उपलब्ध गराउने टिसर्टहरुले क्यानडा, जापान, चीन , पेरिस, स्यानफ्रानसिस्को र न्युयोर्क लगायतका देशहरुको प्रतिनिधित्व गर्ने गरेको छ । तर हालको नयाँ उत्पादनमा ग्यापले चीनबाहेक अन्य देशका तर्फबाट भने राष्ट्रिय झण्डा प्रिन्ट गरेको थियो । 
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC