घटना क्रम

सम्वन्ध विच्छेदपछि पनि पूर्वपतिको ज्यादतिविरुद्ध मुद्दा दायर हुन्छ !

सम्वन्ध विच्छेदपछि पनि पूर्वपतिको ज्यादतिविरुद्ध मुद्दा दायर हुन्छ !

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले वैवाहिक सम्बन्ध समाप्त भएपछि पनि महिलाले पूर्व पतिको ज्यादतिविरुद्ध घरेलु हिंसा अन्तर्गत मुद्दा दायर गर्न सक्ने बताएको छ ।  अदालतले राजस्थान हाईकोर्टको एक आदेशमा हस्तक्षेप गर्न अस्वीकार गर्दै महिलाले पूर्व पतिको ज्यादतिविरुद्ध घरेलु हिंसा अन्तर्गत मुद्दा दायर गर्न सकिने बताएको हो ।  

राजस्थान हाईकोर्टले एक वैवाहिक सम्बन्ध सम्बन्धिको विवादमा फैसला सुनाउँदै अदालतले पीडित महिलालाई हारत प्रदानका लागि रोक्न नसकिने आदेश जारी गरेको थियो । 
 

तपाईंको मत