site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिटीका प्रशिक्षक ग्वार्डियोला म्यानेजर अफ दि इयर
Sarbottam CementSarbottam Cement

एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक (म्यानेजर) पेप ग्वार्डियोला इन्ग्लिश प्रिमियर लिगमा म्यानेजर अफ दि इयर घोषित भएका छन् । बर्षको उत्कृष्ट प्रशिक्षक बन्दै ग्वार्डियोलाले लिग म्यानेजर्स एसोसियनले प्रदान गर्ने ‘एलएमए म्यानेजर अफ दि इयर’ अवार्ड हात पारेका हुन् ।

लिग म्यानेजर्स एसोसियनले मंगलबार राति प्रशिक्षक ग्वार्डियोलाले यो अवार्ड प्रदान गरेको थियो । स्पेनिस प्रशिक्षक ग्वार्डियोलाले म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका  थिए ।  यस्तै लिगमा सिटीले कीर्तिमानी १०० अंक जोडेको थियो । जसमा सिटीले १०६ गोल गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

‘एलएमए म्यानेजर अफ दि इयर’ अवार्डको लागि ग्वार्डियोलासंगै लिभरपुलका जोर्गेन क्लोप, बर्नलीका सिन डिचे, वुल्भ्सका नुनो स्पिरितो सान्तोस, कार्डिफका निल वार्नोक र एक्रिङ्टन स्टेनलीका जोन कोलेमान मनोनयनमा परेका थिए ।

यस्तै एभर्टनका प्रशिक्षक साम एलरडाईसले हल अफ फेम अवार्ड प्राप्त गर्दा कार्डिफका प्रशिक्षक वार्नोकले स्पेसल अचिभमेन्ट अवार्ड हात पारे । एफए वुमन्स सुपर लिग १ को म्यानेजर अफ दि इयर अवार्ड चेल्सीका इम्मा हाएस र लिग २ तर्फ मिल्वालका ली ब्रुचले हात पारिन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC