काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सहिद स्मारक ुएु डिभिजन लिग आगामी असोजमा आयोजना गर्ने भएको छ । एन्फाको लिग कमिटिले ए डिभिजन लिग असोज १६ देखि माघ १६ सम्म आयोजना गर्ने निर्णय गरेको हो ।
पुर्व राष्ट्रिय खेलाडी तथा प्रहरीका एआइजी विज्ञान राज शर्माको नतृत्वमा रहेको लिग कमिटिले ए डिभिजन लिगको मिति तय गरको हो । ए डिभिजन लिग चार बर्षपछि हुन् लागेको हो । पछिल्लो पटक बिस २०७१ सालमा ए डिभिजन लिग भएको थियो ।
लिगमा १४ ए डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा,मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटि) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्ने छन् ।
लिगको लागि क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने छन् । जसमा ४ विदेशी खेलाडी राख्न पाउने छन् । मैदानमा भने ३ खेलाडी उतार्न पाउने छन् । खेलाडी दर्ता भदौ १५ देखि हुने एन्फाले जनाएको छ ।