site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिपक्षी कांग्रेस संसदमा निर्वाह गर्ने भूमिकाका लागि रणनीति बनाउँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदमा निर्वाह गर्नु पर्ने भूमिकाका लागि रणनीतिको तयारीमा जुटेको छ । कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संसदीय दलको संयुक्त बैठक डाकेर मंगलबारबाट संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका लागि रणनीति निर्माणको तयारी शुरुआत गरेको हो । 

सिँहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा संसदीय गतिविधि, संसदमा प्रस्तुत हुँदा गरिने तयारी लगायतका बारेमा छलफल भएको संसदीय दल कार्यसमिति सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रममा आ–आफ्नो विषयगत क्षेत्र, रुची तथा विज्ञता अनुसार बाँडफाँड गरेर हाउसमा बोल्ने तयारी गर्नु पर्ने विषयमा नीतिगत छलफल भएको छ,’’ संसदीय दल कार्यसमिति सदस्य बडूले भने ।
बैठकमा सरकारले संसदमा पेश गरेको नियमावलीको परिस्थितिका बारेमा पनि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई जानकारी गराइएको उनले बताए । 

‘‘सरकारले संसदमा पेश गरेको नियमावली सम्भवतः जेठ ४ गते आउन सक्छ । त्यसको परिस्थितिका बारेमा जानकारी गराइएको छ,’’ बडूले भने, ‘‘अन्य नियमावली आउँदा कांग्रेसले विषय विज्ञताअनुसार समूह बनाएर जानुपर्ने विषयमा पनि छलफल भएको छ ।’’

Global Ime bank

संसदीय दलको संयुक्त बैठक संसदीय दल निर्वाचन समितिले निर्वाचनको नतिजाका बारेमा जानकारी गराएको थियो । निर्वाचन समितिले मंगलबार निर्वाचन पद्दतिअनुसार कांग्रेसको संसदीय दल कार्यसमितिले पूर्णता पाएको बारमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुलाई जानकारी गराएको बडूले बताए ।    
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC