site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनका कर्मचारीले तलब बढाउनुपर्ने माग गरेका छन् । 

एशोसिएशनका कर्मचारीले बुधबार सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग भेट गरी आफूहरुको तलब स्केल अत्यन्त कम भएको भन्दै खरिदारसरह बनाउनुपर्ने माग गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एशोसिएशनका कर्मचारीले राज्यमन्त्री बाँस्कोटासमक्ष कार्यालय कोठाको व्यवस्था गरिनुपर्ने, कार्यालय समय थप र पूरा काम पूरा दामको व्यवस्था गरिनुपर्ने, सञ्चित बिरामी बिदाको रकम दिने व्यवस्था गरिनुपर्ने र पोशाकसहितका अन्य सुविधा उपलब्ध गराइनुपर्नेलगायत १६ बुँदे माग पत्र बुझाएका हुन् । 

सोही अवसरमा राज्यमन्त्री बाँस्कोटाले एशोसिएशनले राखेको मागबारे थप अध्ययन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । एशोसिएशनले सेवाबाट निवृत्त हुन चाहने कर्मचारीलाई उचित उपदान र अन्य सेवा सुविधासहित बिदा गर्नुपर्नेमा समेत जोड दिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC