देश

यसरी भएको थियो मकालुको जहाज दुर्घटना (तस्बिरमा)

यसरी भएको थियो मकालुको जहाज दुर्घटना (तस्बिरमा)

सुर्खेत (रासस) ।  सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान बुधबार बिहान दुर्घटना हुँदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । 
उक्त कार्गो जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । 
मकालु एअरको 9N–AJU C208B (Cssana)  एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलब ७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । 
उक्त विमान सुर्खेत विमानस्थलबाट बिहान ६:१२ बजे सिमिकोट विमानस्थलका लागि उडेकोमा ६:२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएपछि सम्पर्कविहीन भई हराएको थियो । 

तपाईंको मत