अर्थ व्यवसाय

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच सम्झौता 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच सम्झौता 
baahrakhari

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक  लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात बैंकका ग्राहकले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त वादे श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 


तपाईंको मत