site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
तीन महिनामै फेसबुकले २ करोड बढी सामग्री हटाइदियो 
Sarbottam CementSarbottam Cement

एजेन्सी । केही महिनाअघि कानूनी निरीक्षणमा परेको फेसबुकले आफ्नो प्रविधिमा सुधार ल्याउँदै पछिल्लो तीन महिनामा २ करोड भन्दा बढी नग्नता लगायतका यौनजन्य सामग्रीहरु हटाएको कम्युनिटी स्ट्यान्डर्ड इन्फोर्समेन्ट रिपोर्टले जनाएको छ । मंगलबार सार्वजनिक गरिएको यस रिपोर्टमा फेसबुकको नीति विपरित हिंसाजन्य, आतङ्क फैलाउने खालका, घृणात्मक सन्देश र फेक अकाउन्टलाई नियन्त्रणमा लिइएको सिएनएनले जनाएको हो ।

यस अन्र्तगत कम्पनीले फेसबुकमा देखा पर्ने कूल १० हजार सामग्रीलाई हटाइसकेको छ जसमध्ये सबैभन्दा धेरै नग्न र यौनजन्य पोस्टहरु भेटिएको बताइएको हो । यसअघि फेक अकाउन्टको समस्या हटाउनप्रति मात्र केन्द्रित रहँदै फेसबुकले थुप्रै नयाँ नीति लागू गरेको थियो । त्यसै क्रममा फेसबुकले तीन महिना भित्रै ५८ करोड फेक अकाउन्ट निस्क्रिय गरिसकेको बताएको छ । तर फेक अकाउन्टका साथै अन्य समस्याका कारण पनि व्यापक रुपमा आलोचित हुनु परेपछि फेसबुकले हिंसा भड्काइ गलत सन्देश फैलाउने खालका २५ लाख र गलत प्रवृत्तिका ८७ करोड पोस्टहरु समेत हटाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

फेसबुकको प्रविधिमा अझै गलत सन्देश पत्ता लगाउने प्रणाली पूर्ण रुपमा तयार नभएकाले कम्पनीका कर्मचारीहरु आफैँले त्यसको निरीक्षण गरिरहेको फेसबुकका सामग्री व्यवस्थापक रोजेनले बताएका हुन् । त्यसैगरी फेसबुकले ३५ लाख अन्य अकाउन्टहरुलाई पनि हिंसागत् सामग्रीबारे चेतावनी दिइसकेको बताएको छ । तरपनि अहिले फेसबुक आफैँले त्यस प्रकारका पोस्टमा अटोमेटिक चिन्ह लगाइदिने गरेकाले हटाउन सजिलो भएको रोजेनले बताए । 

अर्कोतर्फ गम्भीर आरोप र चौतर्फी आलोचनाको शिकार भएपछि फेसबुकमा सरकारको तर्फबाट अकाउन्ट र डाटाबारे निरीक्षणको रिक्वेस्ट आउने क्रम भने धेरै वृद्धि भएको बताइएको छ । अमेरिकामा मात्र थोरै समयमै सरकारी पक्षबाट ८२ हजार भन्दा धेरै डाटा रिक्वेस्ट आइसकेको फेसबुकले बताएको हो । तरपनि कम्पनीले सरकारका तर्फबाट आएका प्रत्येक रिक्वेस्टहरुको ध्यानपूर्वक अध्ययन गर्ने गरेकाले कुनै समस्या नभएको बताएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ०५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC